साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता

“जात ‘छेपारे’ र धर्म ‘होलीवाईन’ । यो विचार फेरे जति गारो काम त हैन नि सत्ता सेवाको लागि, कि कसो नेता जी ?”- अध्यक्षले ग्रहण हटेपछिको चन्द्रमा मुस्कुराए झैँ मुस्काउँदै बिट मारे ।

Nepal Telecom ad

योग भैरव :

एक नेताले पार्टीका अध्यक्षसँग परिचय गराउँदै भने -“हजुर ! वहाँ ‘देशदोहन’ पार्टीबाट गत निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो, आफ्नै पार्टीका कार्यकर्ताले भोट नदिएको कारण हार्नु भयो । वहाँ सधैँ जनताको सेवामा व्यस्त रहन चाहने मान्छे । वहाँ आफूलाई पनि एउटा सामान्य जनता नै ठान्नु हुन्छ र सधैँ जनताकै उन्नतिका लागि काम गर्न चाहनु हुन्छ । त्यसैले हाम्रो गौरवशाली पार्टीमा प्रवेश गरेर आफ्नो राजनीति अगाडि बढाउन चाहनु हुन्छ ।”

अध्यक्षले सुरिलो लयमा सोधे- “वहाँको नाम चाहिँ के नि ?”
‘रङ्गिला सोस्वादू’- नेताले अध्यक्षलाई दुवै हात मल्दै थोरै शिर झुकाएर बिन्ती बिसाए ।
हैन ! वहाँको जाती र धर्म नि ? – अध्यक्षले अलिक रुचिका साथ सोधे ।

रङ्गिलाले आफैँ अगाडि सरेर दुवै हात जोड्दै आफूलाई चिनाउँदै भन्यो – “हजुर ! मेरो जात ‘राजनीति’ र धर्म ‘सत्ता’ ।
“आहा ! अति सुन्दर ।” – अध्यक्षले बहुमतको लागि आस्वस्त हुँदै भने – “तर नि नेता जी ! आफ्नो विचारको काचुली फेरेर हाम्रो गौरवशाली र ऐतिहासिक पार्टीमा आउने हो भने त हजुरले जात र धर्म पनि फेर्नु पर्छ है ।”
“अनि कुन जात र धर्म हजुर ।” – रङ्गिलाले जिब्रो मिठ्याउँदै सोध्यो ।

“जात ‘छेपारे’ र धर्म ‘होलीवाईन’ । यो विचार फेरे जति गारो काम त हैन नि सत्ता सेवाको लागि, कि कसो नेता जी ?”- अध्यक्षले ग्रहण हटेपछिको चन्द्रमा मुस्कुराए झैँ मुस्काउँदै बिट मारे ।

रङ्गिलाले निगालो नुहे झैँ नुहुँदै दशऔँला जोड्यो ।
राति कोठाभित्र बसेर नेताले मेयरको कुर्सीबाट, रङ्गिलाले सभासदको कुर्सीबाट अनि अध्यक्षले प्रधानमन्त्रीको कुर्सीबाट चियर्स गर्दै प्याला छल्काए, तर रातको अन्ध्यारोमा देश कहीँ देखिएन ।

०००
लहान, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लक्ष

लक्ष

याेग भैरव गेलाल
शिकार

शिकार

याेग भैरव गेलाल
आमा

आमा

याेग भैरव गेलाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x