साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रित्तो खाम

भेटेँ कुनै खाम रहेछ खाली नेता थिए वा मनबाट जाली गल्ती हुनाले हुनसक्छ खै के पट्याउँदा भुल्न पुगे कसैले ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यो चाडमा खाम मिले क-कस्ता
मेरा थिए पोपट धान जस्ता
हुन्थ्यो कहाँ ध्यान र अन्यतर्फ
राख्दैछु यी बात भई सतर्क ।१

केरा किनेँ स्याउ किनेँ मजाका
खर्चेर ती नोट हिजो भजाका
आशा थियो पाउन दन्तकाली
धोको निराशातिर जान्छ खालि ।२

टीका छ रातो जमरा पहेँलो
यो बाहिरी खाम निकै सुनौलो
धेरै उठे हात र मन्त्र पाठ
भारी भयो धान्न अहो ललाट ।३

थापेँ बसी आसिक सामुनेमा
आँखा थिए खाम हत्याउनेमा
लामो दिए आसिक दान थोरै
खोटी थियो खाम र पर्स मेरै ।४

दिन्थे प्रसादी सब हात हात
केरा तथा फूल छ खात खात
आए यहाँ खाम खुलेर हाँस्दै
यो चित्तलाई सय ठाउँ गाँस्दै ।५

पालो गयो पार्श्व म तर्किएर
लागेँ म चर्पी घर सोझिएर
त्यो छेस्किनी बन्द गरेर चाल
मैले निकालेँ द्रुत खाम माल ।६

गन्दै गएँ दाम भयो निराशा
पानी भयो खाम मरे दिलाशा
फर्केर आएँ परबाट झट्टै
यो जिन्दगी हास्य भयो बिछट्टै ।७

भेटेँ कुनै खाम रहेछ खाली
नेता थिए वा मनबाट जाली
गल्ती हुनाले हुनसक्छ खै के
पट्याउँदा भुल्न पुगे कसैले ।८

पायौ तिमीले कति खाम सारा
गन्ती कहाँनेर पुगे पियारा
भन्ने कुरा के छ खुलस्त पार
रोएर के मिल्छ त हाँस प्यारा ।९

यस्तै व्यथा पर्न पुगे कसैमा
पाऊँ क्षमा हार्दिक लौ सबैमा
ठट्टा गरेको मन लेस छैन
यो चित्त हाम्रो कहिल्यै भरिन्न ।१०

०००
हाल – बैजनाथ -१ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x