साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ राजा

चारै प्रहर जागा बसेर महाराजको सुरक्षा गर्नु । राज आज्ञा नहुन्जेल चरो मुसो पनि सुरक्षा घेरा भित्र पस्न नपाओस् र सेन्ट्री बस्ने पालो परेको ब्वाँसाले ‘जागते रहो ! जागते रहो !’ भनेर सतर्कताको नारा लगाइरहनु ।

Nepal Telecom ad

जीवन दाहाल :

एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरूको घेरामा पर्‍यो । जङ्गलमा निस्फिक्रिसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो-ढ्याँचु ऽऽ ! ढ्याँचु ऽऽ ! ढ्याँचु ऽऽ !

घेरा हाल्ने ब्वाँसाहरू मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र भन्यो- “न डराइबक्स्योस् गधा महासय, हामी हजुरका गाथमा कुनै हानी नोक्सानी पुर्‍याउन आएका हैनौँ ।”
डराइ डराइ गधाले सोध्यो- “उसो भए किन घेरा हालेका त ?”
“राजा बनाउन”-ब्वाँसाले उत्तर दियो र थप्यो-“हजुर सोझो,इमानदार, कर्तव्य परायण र सात्विक प्राणी होइबस्नु भै राजा हुन योग्य होइबक्सन्छ त्यसैले ।”
ब्वाँसो वचनमा चिप्लिएको गधाले राजाको शक्तिशाली तथा वैभवयुक्त जिन्दगी सम्झियो र प्रसन्न चित्तले हाँस्यो- ढ्याँचु ऽऽ ! ढ्याँचु ऽऽ ! ढ्याँचु ऽऽ !
त्यसपछि ब्वाँसाको नाइकेले गधालाई श्रीपेच लगाइदियो र नयाँ राजाको घोषणा गर्‍यो अनि आफूले पनि आफैँ शिरमा फेटा बाँध्यो र आफूलाई प्रधानमन्त्री घोषणा गर्दै फर्मान जारी गर्‍यो- “चारै प्रहर जागा बसेर महाराजको सुरक्षा गर्नु । राज आज्ञा नहुन्जेल चरो मुसो पनि सुरक्षा घेरा भित्र पस्न नपाओस् र सेन्ट्री बस्ने पालो परेको ब्वाँसाले ‘जागते रहो ! जागते रहो !’ भनेर सतर्कताको नारा लगाइरहनु ।”

गधा निश्चिन्त भयो ब्वाँसाहरुसँग र बसेकै ठाउँमा लुपुक्क निदायो । ब्वाँसाहरू भनें जागै रहे ‘जागते रहो-जागते रहो’ को नारा घन्काउँदै ।
अनि बिहान हुँदा ब्वाँसाहरू निदाइ रहेका भेटिए भने राजाको चैँ हाडखोरमात्र ।

०००
मैतिदेवी, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x