सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ब्रम्हा

यो विश्व ब्रम्हाण्ड त कसरी र कसले बनायो त मलाई थाहा छैन तर मान्छेहरू सबै चैँ ब्रम्हाका सन्तान हौँ भन्ने मलाई थाहा छ, बरु ब्रम्हा को थिए भनेर जान्न चाहन्छौ भनेँ म चिनाइ दिन सक्छु ।

Nepal Telecom ad

जीवन दाहाल :

दुईजना मेरा पनि परिचीतहरू तर्क गर्दै गरेको ठाउँमा पुगेँ सन्जोगले । उनीहरूको वार्ताको विषय रहेछ । जगत, उत्पत्ति र सृष्टिकर्ता ।

कुन बिषय हुँदै उनीहरू यस विषयमा प्रवेश गरे र पहिलोले त के के तर्क राख्यो भन्ने त मैले सुन्न पाइनँ तर दोश्राले मेरा प्रभुले यो संसार बनिहालोस् भन्ना साथ यो संसार बन्यो र त्यसपछि उँहाले नै मान्छे तथा अन्य जीव जन्तुको सिर्जना गर्नु भएको हो ।

पहिलोले दोश्राको भनाइ इन्कार गर्‍यो र आफ्नो भनाइ राख्यो- “मेरा प्रभुले… ।” मलाई लाग्छ उसले फेरि पनि अघिकै कुरा दोहोर्‍याएर ढिपी नछोडेको हुनुपर्छ ।

मेरा प्रभुले… । मेरा प्रभुले र तँ त शैतानको अनुयायी होस् भन्दै दुवै जनाले आ-आफ्नो ढिपी नछोडी गाली गलौजमा उत्रन थालेपछि भनेँ मलाई लाग्यो यिनीहरूको अबको उपलब्धि भनेको एक अर्काको टाउको फोराफोरमात्र हो र यसो हुन चैँ दिनुहुँदैन भन्ने मलाई लागेपछि मैले उनीहरूको बाझाबाझमा हस्तक्षेप गर्दै भनेँ – “यो विश्व ब्रम्हाण्ड त कसरी र कसले बनायो त मलाई थाहा छैन तर मान्छेहरू सबै चैँ ब्रम्हाका सन्तान हौँ भन्ने मलाई थाहा छ, बरु ब्रम्हा को थिए भनेर जान्न चाहन्छौ भनेँ म चिनाइ दिन सक्छु ।”

मैले कन्फिडेन्सका साथ भनेको सुनेर उनीहरू केही बेर त ट्वाल्ल परेर मतिर हेरिरहे अनि दुवैले एकसाथ भनेँ को थिए त ब्रम्हा ?

“अफ्रिकाको जङ्गलमा पहिलो पटक जुन बाँदर दुई खुट्टा टेकेर हिड्यो उही” – मैले बिट मारेँ ।

०००
गौरादह-७, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सिकार

सिकार

जीवन ‘पीडित’ दाहाल
जाफ्नाको स्याल

जाफ्नाको स्याल

जीवन ‘पीडित’ दाहाल
नयाँ राजा

नयाँ राजा

जीवन ‘पीडित’ दाहाल
फुईं

फुईं

जीवन ‘पीडित’ दाहाल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी