साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रम्हा

यो विश्व ब्रम्हाण्ड त कसरी र कसले बनायो त मलाई थाहा छैन तर मान्छेहरू सबै चैँ ब्रम्हाका सन्तान हौँ भन्ने मलाई थाहा छ, बरु ब्रम्हा को थिए भनेर जान्न चाहन्छौ भनेँ म चिनाइ दिन सक्छु ।

Nepal Telecom ad

जीवन दाहाल :

दुईजना मेरा पनि परिचीतहरू तर्क गर्दै गरेको ठाउँमा पुगेँ सन्जोगले । उनीहरूको वार्ताको विषय रहेछ । जगत, उत्पत्ति र सृष्टिकर्ता ।

कुन बिषय हुँदै उनीहरू यस विषयमा प्रवेश गरे र पहिलोले त के के तर्क राख्यो भन्ने त मैले सुन्न पाइनँ तर दोश्राले मेरा प्रभुले यो संसार बनिहालोस् भन्ना साथ यो संसार बन्यो र त्यसपछि उँहाले नै मान्छे तथा अन्य जीव जन्तुको सिर्जना गर्नु भएको हो ।

पहिलोले दोश्राको भनाइ इन्कार गर्‍यो र आफ्नो भनाइ राख्यो- “मेरा प्रभुले… ।” मलाई लाग्छ उसले फेरि पनि अघिकै कुरा दोहोर्‍याएर ढिपी नछोडेको हुनुपर्छ ।

मेरा प्रभुले… । मेरा प्रभुले र तँ त शैतानको अनुयायी होस् भन्दै दुवै जनाले आ-आफ्नो ढिपी नछोडी गाली गलौजमा उत्रन थालेपछि भनेँ मलाई लाग्यो यिनीहरूको अबको उपलब्धि भनेको एक अर्काको टाउको फोराफोरमात्र हो र यसो हुन चैँ दिनुहुँदैन भन्ने मलाई लागेपछि मैले उनीहरूको बाझाबाझमा हस्तक्षेप गर्दै भनेँ – “यो विश्व ब्रम्हाण्ड त कसरी र कसले बनायो त मलाई थाहा छैन तर मान्छेहरू सबै चैँ ब्रम्हाका सन्तान हौँ भन्ने मलाई थाहा छ, बरु ब्रम्हा को थिए भनेर जान्न चाहन्छौ भनेँ म चिनाइ दिन सक्छु ।”

मैले कन्फिडेन्सका साथ भनेको सुनेर उनीहरू केही बेर त ट्वाल्ल परेर मतिर हेरिरहे अनि दुवैले एकसाथ भनेँ को थिए त ब्रम्हा ?

“अफ्रिकाको जङ्गलमा पहिलो पटक जुन बाँदर दुई खुट्टा टेकेर हिड्यो उही” – मैले बिट मारेँ ।

०००
गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x