साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व

जहाँ अभाव हुन्छ– त्यहाँ म हुन्छु जहाँ म हुन्छु– त्यहाँ अभाव हुन्छ अभाव मेरो जीवनको पर्याय तर आज सोच्दैछु दुनियाँमा कतै खुशीको अस्तित्व हुनुपर्छ र त म यति दुःखी छु ।

Nepal Telecom ad

राजु स्याङ्तान :

यो चर्को घाम
रुखहरु तिर्खाएर मरेका छन भकाभक
चराहरु बस्दैनन् यहाँ पिरती गाँसेर
म हिडिँरहेछु एक्लै यही बाटो
तिर्खाएको छु असाध्यै
म सोच्दैछु
यहाँ कतै पानीको अस्तित्व हुनुपर्छ
र त म तिर्खाइरहेछु

हिँडदा हिँडदै यो गोरेटोमा
आफैँले टेक्दै आएको
पाइतलाका डामहरु नै लडला जस्तो
ओरालो भेटियो
सोंच्दैछु
यहाँ पक्कै शिखरको अस्तित्व हुनुपर्छ
र त ओरालो भेटियो

हेर्दाहेर्दै माकुराको जालमा परि
मरे कयौं निर्दोष पुतलीहरु
त्यो नराम्रो भयो
म विचार गर्दैछु
यहाँ पक्कै राम्रोको अस्तित्व हुनुपर्छ
र त मलाई त्यो नराम्रो लाग्यो

हेर्दाहेर्दै भन्ज्याङमाथि
घाम टुक्रुक्क बसेर निदायो
अब अँध्यारो हुन्छ
देखिन्न कतै
उडदाउडदै आत्महत्या गरेको विरही चरा
देखिन्न कतै
शिकार खोजिरहेको बुढो बाज
म सोच्दैछु
यहाँ कतै उज्यालोको अस्तित्व हुनुपर्छ
र त अँध्यारो भइरहेछ

यस्तो लाग्छ कहिले काँही
जहाँ अभाव हुन्छ– त्यहाँ म हुन्छु
जहाँ म हुन्छु– त्यहाँ अभाव हुन्छ
अभाव
मेरो जीवनको पर्याय

तर आज सोच्दैछु
दुनियाँमा कतै
खुशीको अस्तित्व हुनुपर्छ
र त म यति दुःखी छु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल यातायात

नेपाल यातायात

राजु स्याङ्तान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x