साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल यातायात

ढलिन् मधेसी माई गाडीमै पोखियो माईको काखबाट भर्खरै कफिनबाट निकालेर घाटमा पोली आएको छोराको आलो खरानी ढलिरहिन् मधेसी माई ढलिरह्यो एउटा राष्ट्र तर, सिट दिएन काठमान्डुले ।

Nepal Telecom ad

राजु स्याङ्तान :

समयको निर्मोही छातिमाथि
बेमतलब दौडिरहेको छ एउटा बस
उसको निधारमा लेखिएको छ
‘नेपाल यातायात’
त्यही बसमा धर्मराउँदै चढिन्
मधेसी माई

मदहोसी काठमान्डुलाई
ह्वास्स गनायो मधेसी मिट्टी
आईफोनको मोहक बासनासँग
हृदय साट्दै गएको काठमान्डुलाई
ठुस्स गनायो घोँगी

बायाँ छेउमा सोंचमग्न छ
कम्युनिस्ट घोषणापत्र पढ्दै गरेको चिन्तक
दायाँ छेउमा बिराजमान छ
गान्धीको आत्मकथा पढिरहेको
गम्भीर शोधार्थी
आरक्षण सिटमा छ
सनातन धर्मी महामहिम

माईलाई पुग्नुछ आजै मधेस
रोप्नु छ सिमानामा एक लस्कर सिउँडी
अनि पठाउनुछ काठमान्डुलाई
छिटीमा केही काउली र टमाटर
तर पठाउँदिनन् घोंगी
माईलाई थाहा छ
घोंगी मन पराउँदैन काठमान्डु

गुडिरह्यो नेपाल यातायात
जसरी गुड्ने गर्थ्यो कुनैदिन
महाराजको खराउ बोकेर हतार हतार
आज पनि गुड्दैछ उसै गरी
बोकेर केही जोर नयाँ खराउ

इतिहासको नमिल्दो भारी बोकेर
बेतोडले हुँईकी रह्यो नेपाल यातायात
हुँइकिदा हुँइकिदै बेस्सरी हल्लियो अभरमा
ढलिन् मधेसी माई गाडीमै
पोखियो माईको काखबाट
भर्खरै कफिनबाट निकालेर
घाटमा पोली आएको
छोराको आलो खरानी

ढलिरहिन् मधेसी माई
ढलिरह्यो एउटा राष्ट्र
तर,
सिट दिएन काठमान्डुले ।

०००

बर्दिवास

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अस्तित्व

अस्तित्व

राजु स्याङ्तान
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x