याेग भैरव गेलालशिकार
मेरो लुछिएको, चिथोरिएको, निचोरिएको यौवनदेखि तिम्रो फक्रिएको यौवनसम्म खाजिरहेकी छु जिन्दगीलाई; तर खै महिलालाई झुलो र आफूलाई चकमक सम्झनेहरूको भीडमा म सूर्यको प्रकाशमा निहारिका झैँ आफैँ हराइरहेकी छु ।

योग भैरव :
“तपाईंको आँखाको आँसु सुखको कि दुःखको आमा ?” नोकरीको नियुक्तिपत्र लिएर खुसी हुँदै गोधुलीमा घर पुगेकी छोरी आत्मजाले आमाका गहभरि आँसु देखेर सोधिन्- निहारिकालाई ।
“न सुख न दुःखको, उदासीको !”- जवाफमा वर्षाको खोला सुसाएझैँ सुसाइन् निहारिका ।
“आमा ! म हजुरको भाषै बुझ्दिनँ, हजुर मनले बोल्नुहुन्छ कि मुटुले ?”- आत्मजाले गुनासो पोखिन् ।
छोरी ! मेरो मन त उहिल्यै सिकार भइसकेको छ र आत्मा तिमीमा लीन भएको छ । म त अहिले जुनकीरीझैँ आफैँलाई जलाएर औँसीको रातमा जिन्दगी खोजिरहेकी छु ।
“जिन्दगी खोजिरहेकी छु ! तर कहाँ ?” पीडाको पुस्तान्तरण हुँदै आफूसम्म आइपुगे जस्तो मानी आश्चर्य र जिज्ञासाको भाव व्यक्त गरिन आत्मजाले ।
निहारिकाले लामो सुस्केरा हाल्दै आँधीपछिको शान्ति जस्तै शून्य आँखाले अनन्त आकाशलाई नियाल्दै भनिन्- “सौन्दर्यका शिकारी आँखादेखि तिम्रो गुलावी यौवनसम्म खोजिरहेकी छु जिन्दगीलाई- छोरी । मेरो लुछिएको, चिथोरिएको, निचोरिएको यौवनदेखि तिम्रो फक्रिएको यौवनसम्म खाजिरहेकी छु जिन्दगीलाई; तर खै महिलालाई झुलो र आफूलाई चकमक सम्झनेहरूको भीडमा म सूर्यको प्रकाशमा निहारिका झैँ आफैँ हराइरहेकी छु । छोरी ! तिमीलाई खोकिलामा च्यापेर म आफैँ हराइ रहेकी छु सौन्दर्यका शिकारी आँखाहरूको भीडमा ।
०००
Subscribe
Login
0 Comments
Oldest







































