साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिकार

मेरो लुछिएको, चिथोरिएको, निचोरिएको यौवनदेखि तिम्रो फक्रिएको यौवनसम्म खाजिरहेकी छु जिन्दगीलाई; तर खै महिलालाई झुलो र आफूलाई चकमक सम्झनेहरूको भीडमा म सूर्यको प्रकाशमा निहारिका झैँ आफैँ हराइरहेकी छु ।

Nepal Telecom ad

योग भैरव :

“तपाईंको आँखाको आँसु सुखको कि दुःखको आमा ?” नोकरीको नियुक्तिपत्र लिएर खुसी हुँदै गोधुलीमा घर पुगेकी छोरी आत्मजाले आमाका गहभरि आँसु देखेर सोधिन्- निहारिकालाई ।
“न सुख न दुःखको, उदासीको !”- जवाफमा वर्षाको खोला सुसाएझैँ सुसाइन् निहारिका ।

“आमा ! म हजुरको भाषै बुझ्दिनँ, हजुर मनले बोल्नुहुन्छ कि मुटुले ?”- आत्मजाले गुनासो पोखिन् ।
छोरी ! मेरो मन त उहिल्यै सिकार भइसकेको छ र आत्मा तिमीमा लीन भएको छ । म त अहिले जुनकीरीझैँ आफैँलाई जलाएर औँसीको रातमा जिन्दगी खोजिरहेकी छु ।

“जिन्दगी खोजिरहेकी छु ! तर कहाँ ?” पीडाको पुस्तान्तरण हुँदै आफूसम्म आइपुगे जस्तो मानी आश्चर्य र जिज्ञासाको भाव व्यक्त गरिन आत्मजाले ।

निहारिकाले लामो सुस्केरा हाल्दै आँधीपछिको शान्ति जस्तै शून्य आँखाले अनन्त आकाशलाई नियाल्दै भनिन्- “सौन्दर्यका शिकारी आँखादेखि तिम्रो गुलावी यौवनसम्म खोजिरहेकी छु जिन्दगीलाई- छोरी । मेरो लुछिएको, चिथोरिएको, निचोरिएको यौवनदेखि तिम्रो फक्रिएको यौवनसम्म खाजिरहेकी छु जिन्दगीलाई; तर खै महिलालाई झुलो र आफूलाई चकमक सम्झनेहरूको भीडमा म सूर्यको प्रकाशमा निहारिका झैँ आफैँ हराइरहेकी छु । छोरी ! तिमीलाई खोकिलामा च्यापेर म आफैँ हराइ रहेकी छु सौन्दर्यका शिकारी आँखाहरूको भीडमा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लक्ष

लक्ष

याेग भैरव गेलाल
सत्ता

सत्ता

याेग भैरव गेलाल
आमा

आमा

याेग भैरव गेलाल
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x