साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष

छोराको प्रश्नमा आमा सुनिधी मौन रहिन् । उनको नजर चुलोतिर फर्कियो । त्यहाँ उम्लँदै गरेको दूध भाँडाबाट छताछुल्ल भएर भुइँमा बगिसकेको थियो ।

Nepal Telecom ad

भैरव गेलाल :

“आमा ! तपाईंले मलाई किन जन्म दिनुभयाे हँ ?”
छोरा अविरामको आकस्मिक प्रश्नले आमा सुनिधी अचम्मित भइन् ।
“यस्तो प्रश्न किन गरेको बाबू ?” आमाले चकित स्वरमा सोधिन् ।

छोरो सन्तुष्ट भएन । उसको प्रश्न आफैंमा असन्तुष्टिको अभिव्यक्ति थियो । उसले फेरि जोड दियो- “आमा ! भन्नुस् न, किन जन्माउनुभयो मलाई ?”

“खै, आमा-बाबुले छोराछोरी किन जन्माउँछन्, मलाई पनि थाहा छैन,” आमा टार्न खोज्छिन् ।

त्यसबेला ढोका र झ्यालबाट पुसको चिसो सिरेटो हान्यो । कुहिरोमा डुबेको घरभित्र प्रश्न-प्रतिप्रश्नले हावाको ताप बढाएजस्तो भयो ।

अविराम फेरि बोल्यो- “आमा ! तपाईं पनि अलमलमै हुनुहुन्छ ? मलाई त म मात्र अलमलमा छु कि भन्ने लागेको थियो ।”

“हैन बाबू, तँ यस्ता कुरा किन गर्छस् ?” आमा केही झर्किइन् ।

“मलाई आफ्नो जीवनको ‘लक्ष’ पत्ता लगाउनुछ, आमा,” अविरामले आत्मसाक्षात्कारको स्वरमा भन्यो ।

आमाले दूध तताइरहेको चुलोतिर हेर्दै दृढ स्वरमा उत्तर दिइन्- “आफ्नो लक्ष आफैं खोज्नू, बाबू । मलाई किन सोध्छस् ?”

छोराले हल्का मुस्कानसहित भन्यो- “तर हिजो बुबाले त भन्नु भएको थियो- छोरा भएर जन्मेपछि आमाबुबाको सपना पूरा गर्ने दायित्व हुन्छ रे ! अनि म आफ्नो लक्ष आफैं कसरी खोजूँ ?”

छोराको प्रश्नमा आमा सुनिधी मौन रहिन् । उनको नजर चुलोतिर फर्कियो । त्यहाँ उम्लँदै गरेको दूध भाँडाबाट छताछुल्ल भएर भुइँमा बगिसकेको थियो ।

दूधको वाफ निस्कँदै थियो- मौन उत्तरझैं, आकासतिर उडिरह्यो, उडिरह्यो…

०००
लहान, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिकार

शिकार

याेग भैरव गेलाल
सत्ता

सत्ता

याेग भैरव गेलाल
आमा

आमा

याेग भैरव गेलाल
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x