साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

‘आमा’ शब्दमै ‘आत्मा’ र ‘माया’ को पर्यायता अन्तरनिहित छ । आत्मा ईश्वरको अंश हो भने ईश्वरको अभिब्यक्ति आमा नै हो । आमा धरतीको क्षमाशिलता हो अनि आकाशको उदारता हो । आमा सागरको गहिराई हो अनि हिमालको उचाई हो ।

Nepal Telecom ad

योग भैरव  गेलाल :

“बाबू ! जीवन सङ्घर्ष र धैर्यको अर्को रुप हो, त्यसैले धैर्य नगुमाई कर्म गर्दै जानू एकदिन शिखरमा अवश्य पुगिन्छ ।” – यसै भन्नुहुन्थ्यो आमाले हामीलाई ।

हुन पनि पितृसत्ताको कहर झेल्दै संयुक्त किसान परिवारका सम्पूणर् जिम्मेवारी पूरा गरेर पनि कहिल्यै थाकेको भान हुन दिनुहुन्नथ्यो- आमा । आफ्ना पाँच र जेठीआमाका दुई गरी सात शन्तानलाई आफ्नो मायाको न्यानो पखेटाले छोपेर हुर्काउँदा पनि झिँझो मानेर कहिले कसैलाई एक शब्द गाली नगरी, एक लपेटा नहानी हुर्काउन सक्ने वहाँको सहनशीलता वहाँलाई जान्नेबुझ्ने सबैका लागि अनुकरणीय थियो ।

पतिको आदेशलाई ईश्वरको आदेश, सासू-ससुराको सेवालाई ईश्वरको सेवा अनि सन्तानको मायालाई प्रकृतिको उपहार ठानेर जीवनभरि पूणर् निष्ठाका साथ निभाउँदा पनि सधैँ आमाजु सासूको बुहार्तन, ससूराको शासन अनि पतिको अर्को विवाहको धम्की वहाँको जीवनको दाईजोे थियो ।

दिनभरि गृहस्थ जीवनका दायित्व र साँझमा दस बजे रातिसम्म भान्साको दायित्व पूरा गरेर पतिको पाउसेवामा हाजिर हुँदा ‘ढिलो गरिस्’ भनेर धकेल्दै घर बाहिर निकाली भित्रबाट ढोका लाएर सुतेको कथा व्यथा बुढ्यौलीमा बुवाकै अगाडि छोराछोरीलाई सुनाउँदा पनि वहाँको मुहारमा आक्रोश होईन बरू धैर्यको शिक्षा झल्किन्थ्यो । खेतमा रोपाई गर्न जाँदा आमाजुसासूले कादोको हिलोमा न्याकेर हिँडेको विषादपूणर् घटना वणर्न गर्दा पनि अनुहारमा सिकन होइन बरू क्षमा र आदरको शीतल आभाले आफ्ना परिवारलाई मार्गदर्शन गर्ने उत्कण्ठा देखिन्थ्यो ।

जीवन सेवा र प्रेमको प्रतीक थियो वहाँको । राती दस बजे पनि छोराछोरीको गोडामा तेल नदली सुत्नुहुन्नथ्यो- वहाँ । आमाले लगाई दिएको तेलको उर्जा र शितलताले आज पनि रातमा मिठो निन्द्रा दिन्छ मलाई । आफ्ना छोराछारीलाई ह्याकुलाले छोपेर राख्ने मेरी आमा छिमेकीमा कसैले आफ्ना छोराछोरीलाई गाली गर्दा, पिट्दा पनि उनीहरुलाई- “कहिलेकाही मुखमा सरस्वती र हातमा मृत्यु बसेको हुन्छ, तिमीले दिएको गाली लाग्यो भने वा पिट्दा केही भयो भने अनि रुन्छौ ?” भन्नुहुन्थ्यो ।

छोराछोरी भनेपछि ज्यानै दिने मेरी आमालाई शन्तानको त्यही मायाले मृत्युको बेलामा पनि निकै कस्ट दियो । एक वर्षसम्म वाक्य बन्द भएर बस्दा पनि छोराछोरीलाई भेट्दा आँखाबाट आँसु खसाई रहने, विदाईको बेलामा आँखाले देख्दासम्म नियालिरहने- आमाले जीवनको अन्तिम घडीमा पनि सतिसावित्रीले मृत्युसँग लडे झै सन्तानको मायाले मृत्युसँग तीन दिनसम्म सङ्घर्ष गरिरहनु भयो ।

‘आमा’ शब्दमै ‘आत्मा’ र ‘माया’ को पर्यायता अन्तरनिहित छ । आत्मा ईश्वरको अंश हो भने ईश्वरको अभिब्यक्ति आमा नै हो । आमा धरतीको क्षमाशिलता हो अनि आकाशको उदारता हो । आमा सागरको गहिराई हो अनि हिमालको उचाई हो । आमा सनातन तत्व हो जो सधैँ सन्तानमा श्वास फेरिरहन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लक्ष

लक्ष

याेग भैरव गेलाल
शिकार

शिकार

याेग भैरव गेलाल
सत्ता

सत्ता

याेग भैरव गेलाल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x