साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती नदे शासक

सादा अक्षर-फूलमा मुटु दली ॐछन्दमाला बन्यो सुन्ने को छ र शारदा कमलले खै के भन्यो के भन्यो पाऊन् दूरदराजका गरिबले निर्धक्क बाँच्ने हक पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक ।

Nepal Telecom ad

हिरा भट्ट :

बाख्रा बोयर दे सुगा सुँगुर दे गाई गधा हाँस दे
सक्दैनस् त बिडाल दे कुकुर दे भाले भुरा डाँस दे
काँपेँ थर्थर शक्ति छैन सहने लात्ती नदे शासक
पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक
।१।

दे दे पाक्य पुलाउ दे पनिर दे राज्मा सिमी दाल दे
सक्दैनस् त अचार गुन्द्रुक ढिँडो खोले खुदी थाल दे
नौला शासनको मिठो फल भनी कात्ती नदे शासक
पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक
।२।

दे दे दर्जन दे किलोमिटर दे सम्पूर्ण दे पूर्ण दे
सक्दैनस् गज इन्च दे मिटर दे चुर्राइलो चूर्ण दे
बोली लठ्ठ बनाउने तिरिमिरी फात्ती नदे शासक
पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक
।३।

घट्दो जन्त-मलाम-लाम-लुखुरे स्याहार पाएन कि
आमाकी घरकी चरी पर उडी फर्केर आएन कि
लेख्दैनन् किन शुद्ध अक्षरहरू मैले चुनेका चक
पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक
।४।

सादा अक्षर-फूलमा मुटु दली ॐछन्दमाला बन्यो
सुन्ने को छ र शारदा कमलले खै के भन्यो के भन्यो
पाऊन् दूरदराजका गरिबले निर्धक्क बाँच्ने हक
पाल्नै सक्दिनँ पाल छैन घरमा हात्ती नदे शासक ।
।५।

०कात्ती=कुकुरको विष्ठा
०फात्ती= भातको जाँड
०खुदी=चामलका कनिकाभन्दा साना टुक्रा

०००
बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x