साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

उनीहरूले (उनीहरूले क्या उनीहरूले) सुन मानेका छन् झोले र भरौटेले ठगी खान पाएकोमा गुन मानेका छन् यसलाई भित्र्याउन जसले सत्रहज्जारको वलि दिएका थिए तिनका आफन्तले भने खुन मानेका छन् ॥

Nepal Telecom ad

होम सुवेदी :

१.
कोही आर्यघाटमा लान कात्रो किन्दै छन्
कोही यसको चरित्र बल्लतल्ल चिन्दै छन्
कतै उछिनपाछिन छ यसबाट फाइदा लुट्न
उता कोही भने गणतन्त्र खान उसिन्दै छन् ॥

२.
कोही फूलको बिरुवा हो भनेर पानी हाल्दै छन्
कोही सुन नै ठानेर तौलन उचाल्दै छन्
अस्पष्टता भएपछि के गरून् त विचारहरू
यस्तैमा कोही भने राँगो हो कि गोरु हो भनेर निउरिएर नियाल्दै छन् ॥

३.
परिवर्तन हुनु पनि के भयो र चुहुने टिन छँदै छन्
बङ्करेका दिन फिरे पनि गरिबलाई दुखका दिन छँदै छन्
हतपती परिवर्तन नहुँदो रहेछ कान्छा
पहिले जो थिए आहिले पनि उनै तीन छँदै छन् ॥

४.
उनीहरूले (उनीहरूले क्या उनीहरूले) सुन मानेका छन्
झोले र भरौटेले ठगी खान पाएकोमा गुन मानेका छन्
यसलाई भित्र्याउन जसले सत्रहज्जारको वलि दिएका थिए
तिनका आफन्तले भने खुन मानेका छन् ॥

५.
अब यसलाई बैतर्नी तारौँ होला
यसको जुठो बारौँ होला
प्रेत अपगतिमा पर्छ भन्ने विश्वास छ
अब यसको मोक्षका लागि पिण्ड बटारौँ होला ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x