साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक नहुनुको आनन्द

हिजोआज लेखन र प्रकाशन जगतमा अर्को भ्रामरीको दशा आइलागेको रहेछ । लेख्ने मान्छे सुश्री वर्गको परिन् र जिउडाल जस्तो भए पनि उनको उमेर ढल्किन अझै बाँकी भए त्यसको हिसाबकिताबै अर्को ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

हुन त कसैले यसलाई उल्टो बुद्धि अथवा उल्टो सोचाइ पनि भन्न सक्छन् तर मलाई भने किनकिन हिजोआज केही हुनुभन्दा नहुनुमा आनन्द लाग्न थालेको छ । धेरै धनी हुँदा धेरै थरी सलह, चरा, मुसा र बाढीपहिरो लाग्न सक्छ । त्यसैले नहुनुमा आनन्द रहेछ । धेरै ठूलो जागिरदार हुँदा कोसेली-कमिसन बुझाउनेदेखि जागिर माग्नेसम्मको हुलले नमस्कार र सेवा गरेर सताउने रहेछ । सेवा स्वीकार गर्ने र आश्वासन दिने कामकै फजिती । धेरै ठूलो विद्वान् बन्ने धुनमा लाग्दा अनेकौ परीक्षा, भिलेज प्रोफाइल र अनुसन्धान रिपोर्ट तयार गर्दैमा बाह बज्दोरहेछ । त्यो सबै गर्नुभन्दा नगर्नु बेस । धेरै ठूलो इन्जिनियर भएपछि ठूल्ठूला नहर, भवन र राजमार्गहरूको निर्माणकार्य सम्पन्न गर्नु पर्दोरहेछ । तर कमिसन र घूसखोरीको प्रदूषणले गर्दा तयार नहुँदै धाँजा परेका र लथालिङ्ग र भताभुङ्ग हुन धोतीपाटा फेरिसकेका हवाईमैदान, राजमार्ग, नहर तथा सार्वजनिक भवनहरूको कार्यसम्पादन, प्रगतिविवरण तयार गरेर पेस गर्नुपर्दा नौनाडी गलेर आउने । त्यतिबेर लाग्छ यो गर्नुभन्दा नगर्नुपरेको भए बेस हुन्थ्यो । अर्थात् हुनुपर्ने जति प्रगति भइसकेपछि त्यसको प्रगति अथवा अधोगतिको विवरण दिइरहनु नपरेको भए हुनसम्म बेस हुन्थ्यो । तर यो मर्का कसले बुझिदिने ?

ठूलो डाक्टर हुँदा पनि निजी चिकित्सालय र नर्सिङ होम खोलेर भित्रभित्रै सबै कारोबार चलाउँदैमा फजिती । त्यस्तो नभएको भए त्यस्तो चलाइरहनै पर्दैनथ्यो ।

नर्सिङ होम नखोलेको भए साधारण जनतालाई ठगिरहनु पर्दैनथ्यो । त्यस्तै पतिव्रता र बार-बन्धनहरूले छेकारो मार्ने रहेछन् । साहू लाग्नुभन्दा नलाग्नु बेस, अयोग्य हुनुभन्दा नहुनुमा आनन्द रहेछ । पतिव्रता हुँदा अनेकौ नियम विनियम हुनुभन्दा नहुनु राम्रो, त्यस्तै योग्य हुनुभन्दा पनि नहन नै राम्रो रहेछ । उदाहरण दिनुपरे योग्य भइटोपलेर छोराले प्रथम श्रेणीमा प्रवेशिका परीक्षा पास गला, उता खरिदारको जागिर खुवाउन हतार भएको बेला उल्टो सबै महिनावारी खर्च गरेर विज्ञानमा प्रमाणपत्र पढाउन क्याम्पस भना गर्नुपलां । अनि परेन दोठचाङ ? उता छोरी योग्य निस्किएर स्वास्थ्यसहायक नै भए पनि चिकित्साशास्त्र पढ्छ भन्लिन् । उता एउटा तथाकथित ज्वाई खोजेर कहिले जिम्मा लगाउँ भन्ने आफूलाई छटपटी परिरहेको होला ! यता चुरोट खानु खतरा हो भन्ने विज्ञापन निस्किइरहेका छन्, उता आफ्नो खल्तीमा एक मोहर भएसम्म याक चुरोट तान्न छोड्ने होइन । यतिबेर लाग्छ, पहिले त चुरोट नखानु नै बेस, चुरोटको लत लागेको छ भने विज्ञापनतिर ध्यानै नदिनु बेस, अनि विज्ञापनतिर ध्यान दिएर चुरोट हानिकारक छ भन्ने जानेपछि त्यो नखानु सबभन्दा बेस ।

नबुझ्नु बेस हुन्थ्यो । तर बुझिसकेपछि, बुझेअनुसार गर्नु बेस, नसके त्यों पनि नगर्नु बेस । तर यो बेस र नबेसको चर्को जुहारीमा मलाई भने अरू जे भए पनि लेखकचाहिँ हुनुभन्दा नहुनु बैस लाग्न थालेको छ ।

किनभने लेखक हुन पहिले त लेख्नुपन्यो । लेखेर मात्र पुगेन, त्यसलाई सफा गर्नुपर्‍यो । सफाइले पुगेन छपाउनुपर्‍यो । छपाएर पुगेन, किताबको प्रचार गर्नु पर्‍यो । आफ्नो प्रचार गर्न सजिलो होला तर आफूले लेखेको किताबको प्रचार गर्नु ज्यादै गान्हो छ । आफ्नो नाउको प्लेकार्ड या साइनबोर्ड पिठ्यूँमा बाँधेर तीन सहर नेपाल घुम्यो भने छ-सात दिनमा सबैले चिन्ने रहेछन् । तर आफ्नो किताबको प्रचार गर्न त नेता, पत्रकार, समालोचक आदि रङ्गीचङ्गी प्राणीहरूलाई एकत्र गरेर पुस्तक विमोचन गराउनुपर्दोरहेछ । विमोचन पनि साँच्चिकै विशिष्ट अवसर हुँदोरहेछ । यतिबेर टी. भी. मा आफ्नो अनुहार देखाउने अवसर पाए भने नेताजीले पनि विधिपूर्वक विमोचन गर्ने रहेछन् । उपस्थित आलोचक, समालोचकहरूले पुस्तकको गहन व्याख्या र विश्लेषण गरेर लेखक, श्रोता सबैलाई मुग्ध बनाउदारहेछन् । तर टी. भी. को प्रतिनिधि उपस्थित नभएर जलपानको व्यवस्था मात्र भए विमोचन कार्यक्रम पनि दोस्रो दर्जामा पुग्दोरहेछ । अझ त्यति पनि नभए त्यो कार्यक्रम नै त्यसै फासफुस हुँदोरहेछ । यो देखेपछि लाग्छ- किताब विमोचन गर्नुभन्दा नगर्नु वेस ।

हिजोआज लेखन र प्रकाशन जगतमा अर्को भ्रामरीको दशा आइलागेको रहेछ । लेख्ने मान्छे सुश्री वर्गको परिन् र जिउडाल जस्तो भए पनि उनको उमेर ढल्किन अझै बाँकी भए त्यसको हिसाबकिताबै अर्को । पठ्याङ्ग्री लेखिकाले कनीकुथी तयार गरेको बीस-तीसपन्ने आफ्नो रचना लिएर बिहानबिहान दुई-चार घर धाएपछि प्रकाशन संस्थाका बूढा हाकिम त्यसै पग्लिएर दश पन्ध्र दिनमै पुस्तक छपाई तयार पारिदिँदारहेछन् । वर्षौंदेखि प्रकाशन संस्थाको मुख ताकेका अ लेखक भनाउँदाहरू हेऱ्याहेयै । समालोचक महोदयहरूको त झन् लेखिकाको कृति होइन, आकृति देख्तैमा उनीहरूको आङमा सरस्वती चढेर भएन । प्रशंसाको धामीनाच सुरु हुँदोरहेछ । समालोचकबाट सुरु भएको प्रशंसाको धामीनाच शाखा-प्रशाखामा फैलिएर नेताज्यूहरूसम्म पुग्दोरहेछ । अनि विमोचन कार्यक्रम पनि विचारगोष्ठीसम्म पुग्छ र प्रशंसाको हनुमानचालीसा पाठ एकैस्वरमा गुन्जिन थाल्छ, मानौँ कुनै गुरुकुल आश्रममा ब्राह्मण वटुहरूद्वारा सारस्वरयुक्त वेदपाठ भइरहेको छ । त्यतिबेर सबैको सारचाहिँ एउटै बुझिन्छ- “संसार मेरो छ, माग मैयाँ के पाउने इच्छा छ ?” पाँच-सात वर्ष क्याम्पस धाउँदा पनि प्रमाणपत्र उत्तीणर् हुन नसकेकी विचरी महान् लेखिका आफ्नो प्रशंसामा गरिएका बखानहरू सबै बुझ्छिन् वा बुझ्दिनन्, यति भने पक्का हो- कोरली गाईका पछाडि साँढेहरू दौडिन्छन् । अघि लागेको गाई नेटो काटेर आफ्नो गोठमा पुगिसकेको हुन्छ, बूढा साँढेहरू वीचसडकमा यातायात जाम गरेर खुर बजार्दै गाई भेट्टाउन दौडिरहेका हुन्छन् ।

अरूको यस्तो कन्तबिजोग देखेपछि म बबुरोलाई चाहिँ हिजोआज लेखक नहुनुमा आनन्द लाग्न थालेको छ ।

०००
मङ्की स्टेट याने वानरराज्य (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x