साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइडिया

अरु त अरु, अब फेसबुक नहेर्नु हेरिसकेपछि यसो दुईचार जनाकोमा त लाइक र कमेण्ट गर्दिनै पर्‍यो तर यसैले बिहान मात्रै हैन, दिन नै खाने भो। ज्यानलाई पर्नु पीर पर्‍यो ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

आफ्नो तन्नेरीकालीन पहिलो कृति “पिखुवाको पसिना” उपन्यासको परिष्कार र सम्पादनको लागि लकडाउनमा पनि चुकुल ठोकेर र घुँडा धसेर लागेका प्रा.डा. निश्चलानन्द गुरुलाई आफ्नी अत्यन्त स्नेही चेली मालतीले एकाबिहान मेसेन्जरमा कल गरिन् । “सधैँ म्याउँम्याउँ गरेर पगाल्छे मोरी । बूढी उसै त शङ्कालु छे, यो फोन उठाएँ भने त महाभारत मच्चिन्छ । भो, उठाउँदिन ।” गुरु छातीमा गाँठो पारेर आफ्नै गोरखधन्दामा लागे । फेरि तीनचार पटकसम्म लगातार घण्टी आइरह्यो । मन थाम्न नसकेर पल्याकपुलुक हेरे, बाहुनी बाथरुम पसेकिरहिछन्, फोन उठाएर बिस्तारै भने- “हेल्लो मैयाँ, सन्चै छौ ?”

उताबाट सलाइबम पड्क्यो- “हन, के हो सर ? लास्टै हराउनु भो त हजुर । अनलाइनमा पनि देखिनु हुन्न, कल पनि उठाउनु हुन्न, अचम्मै भइसक्यो त । मेरो पोष्ट पनि हेरेर कमेण्ट गर्न छोड्नु भो । यसरी माया मार्नु भो भने त पाप लाग्छ है सर !” आगो भएकी रहिछ, अभिवादन पनि गरिनन् छँडुलीले ।

उसको अन्तिम वाक्य झर्नु र मेरी बाहुनी बाथरुमबाट निस्किनु सँगसँगै जस्तो भो । कुरो छल्न मैले हतार हतार फेसबुकका भित्ता चहार्न थालेँ ।

– उसले आफ्नो जन्मोत्सवमा हिजै बिहान एउटा गनगने कविता र आफ्नो नखरे फोटो पोस्ट्याएकी रहिछ ।

ऐलेका जल्दाबल्दा कविका बा ९१ वर्षमा परलोक भएछन् । हिजै गजलदेवी र मुक्तकबहादुरको ३१ औँ वैवाहिक वर्षगाँठ रहेछ । हिजै अलि वरिष्ठ र घनिष्ठ लघुकथाकारहरूको अनलाइन कथावाचन पनि भ्याएछन् । छन्द- धराकी अप्सराको प्रणयगजल वाचन पनि अस्तिकै दिन धुमधामले सम्पन्न भएछ ।

आफ्नी कान्छी सालीको धमाकेदार टिकटक पनि आइवरी बासी भइसकेछ । बाफ्रे ! दुनियाँ कहाँबाट कहाँ पुगिसकेछ, म जहाँको तहीँ ।

टेबुलमा राख्देको कालो चिया सेलाएर कोक भइसकेछ । खाइरहनै परेन ।

अरु त अरु, अब फेसबुक नहेर्नु हेरिसकेपछि यसो दुईचार जनाकोमा त लाइक र कमेण्ट गर्दिनै पर्‍यो तर यसैले बिहान मात्रै हैन, दिन नै खाने भो। ज्यानलाई पर्नु पीर पर्‍यो ।

दिन नै खाने भो । ज्यानलाई पर्नु पीर पर्‍यो । यसो घोरिए । फ्याट्ट आइडिया फुर्‍यो, हत्त र पत्त आफ्नो वालमा यस्तो लेखेर पोस्ट्याए :
शुभजन्मोत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ।
हार्दिक श्रद्धाञ्जली तथा समवेदना ।
वाह ! वाह !!
आदि इत्यादी ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x