साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म्याऊँम्याऊँ

म शिक्षा र दीक्षा उतैको बनाऊँ मलामी उसैको गुलामी जुटाऊँ हरामी म जस्तो हुँदैनन् चिनाऊँ पराया कलोमा भुलेको छु म्याऊँ ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

म खाऊँ र लाऊँ धनी बन्न पाऊँ
म बाँचौं र नाचौं सफा लाग्छ ठाऊँ
रडाको चलाई खुबै हाँस्न पाऊँ
बफादार बन्दै गरेको छु म्याऊँ ।१

विदेशी छ ताना चलेको छ दाऊ
खजाना लुटाई मिलेको छ भाउ
सिमाना घटेको खुराफात घाउ
कुसंस्कार धारी बसेको छ म्याऊँ ।२

यता कुम्भ मेला अघाएर जाऊँ
छ जुत्ता र छाता सुरामा रमाऊँ
म नै धुन्धुकारी बिरालो कजाऊँ
अधिग्रो छिमेकी सधैं पुज्न पाऊँ ।३

म लाठे छु बाठो हसुर्दै अघाऊँ
अघाएर होला जरासम्म जाऊँ
जरासन्ध बन्दै दलाली जुटाऊँ
छ आदेश कस्को गरेको छु म्याऊँ ।४

म शिक्षा र दीक्षा उतैको बनाऊँ
मलामी उसैको गुलामी जुटाऊँ
हरामी म जस्तो हुँदैनन् चिनाऊँ
पराया कलोमा भुलेको छु म्याऊँ ।५

हियो भ्रष्ट पार्दै म आमा गुमाऊँ
दियो नष्ट गर्दै सलेदो बुकाऊँ
जसै अस्मितामा परेको छ धाउ
खरानी घसेको म भोगी रमाऊँ ।६

०००
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x