प्रमाेद भट्टराई प्रतीकतीन ठोक्तक
सम्झौता सहमति व्यर्थ हुन्छ असन्तुष्टिको चुरो छ भने वार्ताले नै समाधान निस्कन्छ असहमतिको कुरो छ भने दोष र गल्ती मात्र खोतल्नु र चिहान उधिन्नु उस्तै त हो हात गोडा तन्काएर अटिँदैन अरुको मन साँघुरो छ भने !

प्रमोद भट्टराई प्रतीक :
१.
चाहे जति पुगिसक्यो त अझै अरू के खोज्दैछौ
शिखरमै पुगिसकेर पनि अब कहाँ पुग्न सोच्दैछौ
जिम्मेवारी दिइए’थ्यो सुखी र समृद्ध देश बनाउने
फुर्सद भए पो त सँधै आफ्नै करेसाबारी जोत्दैछौ !
२.
सम्झौता सहमति व्यर्थ हुन्छ असन्तुष्टिको चुरो छ भने
वार्ताले नै समाधान निस्कन्छ असहमतिको कुरो छ भने
दोष र गल्ती मात्र खोतल्नु र चिहान उधिन्नु उस्तै त हो
हात गोडा तन्काएर अटिँदैन अरुको मन साँघुरो छ भने !
३.
आफ्नो घर लथालिङ्ग पारेर इज्जत कमाउनेहरू भन्दा
मनभरि असन्तुष्टिहरू बोकेर अरूसँग रमाउनेहरू भन्दा
पाएको र भएकोमा सन्तुष्ट रहनेहरू नै, देखिन्छन् सुखी
स्वस्तिशान्तिको श्लोक पढ्दै जलकुस समाउनेहरू भन्दा !
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































