साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान अर्पण

उनको बिसौं जन्म जयन्तीको अवसर पारेर दिवंगत स्रष्टा स्वस्तिका सिम्खडाद्वारा रचित ‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहको पाण्डुलिपिउपर परिचर्चा कार्यक्रम सम्पन्न गरिएकाे छ ।

Nepal Telecom ad

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिको स्रष्टा साँझ अमेरिकाद्वारा आयोजित दिवंगत स्रष्टा स्वस्तिका सिम्खडाद्वारा रचित ‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहको पाण्डुलिपीउपर परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

उनको बिसौं जन्म जयन्तीको अवसर पारेर २०८१ बैशाख १६ गते साँझ ६ः१५ बजेदेखि जुम र फेसबुक लाइभमार्फत उक्त कार्यक्रम गरेको हो ।

खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी रिजाल, ममता मृदुल, रमेशमोहन अधिकारी, टङ्क बहादुर आलेमगर, रमेन्द्र कोइराला, मनोहर पोखरेल, नन्दलाल आचार्य, धीरकुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, खेमराज पोखरेल, मीना साह (एन्जल निलु) ले स्वस्तिका सिम्खडाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

‘प्राणप्रतिष्ठा’का आधारमा स्वस्तिका सिम्खडाको कथाकारिता विषयमा खेमराज पोखरेलले चर्चा गरेका थिए । डा. कुसुमाकर शर्मा गौतमले भने ‘प्राणप्रतिष्ठा’ कृतिको शल्यक्रिया विषयमा बोलेका थिए ।

धीरकुमार श्रेष्ठ ‘प्राणप्रतिष्ठा’उपर दृष्टिप्रक्षेपण शीर्षकमा आफ्ना भनाइ राखेका थिए । त्यस्तै ‘प्राणप्रतिष्ठा’मा नारी चेतना विषयमा ममता मृदुलले आफ्नो बुझाइ पस्केकी थिइन् । रमेशमोहन अधिकारीले भने ‘प्राणप्रतिष्ठा’ भित्रको बुढ्यौली साहित्यको लेखाजोखा गरेका थिए । टङ्क बहादुर आलेमगर स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मानको चर्चा गरेका थिए । रमेन्द्र कोइराला ‘प्राणप्रतिष्ठा’ कृतिका सुधारात्मक पक्ष केलाएका थिए ।

मनोहर पोखरेलले स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान २०८१ लघुकथा प्रतिष्ठान, नेपालकी प्रस्तोता तथा मधेस प्रदेसकी उम्दा नारी लघुकथाकार मीना साह (एन्जल निलु) लाई प्रदान गरिने कुरा घोषणा गरेका थिए ।

‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक समेत रहेकी लक्ष्मी रिजालले सम्पादकीय धारणा व्यक्त गरेकी थिइन् । नन्दलाल आचार्यले स्वस्तिका सिम्खडाको व्यक्तित्व बारे केही कुराहरू राखेका थिए ।

अन्त्यमा सम्मानित स्रष्टा मीना साह (एन्जल निलु) ले स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान–२०८१ प्राप्त गरेपछि प्रतिक्रियात्मक मन्तव्य राखेकी थिइन् । विश्वराज अधिकारीद्वारा सञ्चालित उक्त कार्यक्रम दुई घण्टासम्म चलेको थियो । संसारभरका सयौं दर्शकस्रोताले लाइभ कार्यक्रम हेरेसुनेका थिए ।

‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालले धेरै अप्ठ्यारासँग जुधेर ‘प्राणप्रतिष्ठा’ कृति तयार हुन पुगेको हो भनिन् । यो लघुकथा कृति भनेर छापिँदै छ तर मलाई त कताकता उपन्यास जस्तो पनि लाग्छ । आत्मवृतान्त जस्तो पनि सुगन्ध आउँछ । उनकाे कथन थियाे । कतिपय दैनिकी पनि हुन् कि भन्ने लाग्न सक्छ । पोथी गद्यको सुवास आउने केही कथाहरु पनि परेका छन् । तिनलाई लघुकथाको आयाममा ढाल्न मुटु मिचेर धेरै शब्दहरु तौलेर राख्ने कोशिस गरेकी छु । यहाँ भएका कमजोरी पक्ष मेरो सम्पादनको भूल हो भनेकी थिइन् ।

उनले ‘स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान–२०८१’ घोषणा गर्ने मञ्च दिलाएकोमा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद अमेरिका, नेपाली भाषा, साहित्य समिति, स्रष्टा साँझ अमेरिका परिवार र विशेष विश्वराज अधिकारी सर एवं परिचर्चाकार र स्रोतागणमा आभार व्यक्त गरेकी थिइन् ।

त्यसै गरी स्वस्तिका सिम्खडाको व्यक्तित्व माथि प्रकाश पार्दै नन्दलाल आचार्यले स्वस्तिका सिम्खडा नपत्याउने खोला हुन् भन्दै उनीभित्र हरेक चिजबिज र परिस्थितिलाई हेर्ने अलग्गै सोच थियोे, उनको एउटै मात्रै कमजोरी थियो, त्यो हो– आफ्ना कुरा मनमै पकाएर राख्ने । मौकामा सार्वजनिक नगर्ने र परिस्थितिले धेरै चिमटेमा एकै पटक विस्फोट गर्ने बानी रहेकाे बताएका थिए ।

०००
– लक्ष्मी रिजाल, रुपनगर, सप्तरीद्वारा प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x