साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपालको दौड

अरुको दौडले टसमस नभएको धरातल मेरो एक चक्करमा भासिन सफल भयो यही नै त हो मेरो कीर्तिमानी कदम नयाँ संरचना युक्त नयाँ नेपाल !!

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

बाटोमा दौडिँदै गरेको देखेर
सोधेको थिएँ मैले,
‘यसरी किन दौडेका तिमी ?’
निकै फुर्तीका साथ
जवाफ फर्काएथ्यो उसले,
‘नयाँ नेपाल’ बनाउन क्या !’

नपत्याएर फेरि सोधेँ,
‘अनि यही बाटोमा दौडिएर
नयाँ नेपाल बन्छ के त ?’
उस्ले लिँडे विश्वासका साथ
मलाई थर्काउँदै भन्यो,
‘मेरो सामर्थ्य र शक्तिको
अन्दाज छैन तिमीलाई
हेर्दै जाउ म बनाएर देखाउँछु ।’

निर्धारित समय भन्दा अगावै
चक्रपथको परिक्रमा सकेर
जुन बिन्दुबाट दौड सुरु गर्‍यो
अन्ततः त्यहीँ पुगेर टक्क अडियो
अनि बाध्य भएर मैले
ओठ लेर्प्याउँदै प्रश्न गर्नैपर्‍यो,
‘खोई बनायौ त नयाँ नेपाल ?’

‘तिमीले दौड सुरु गर्दा त
सग्लो र सुन्दर थियो यो सडक पनि
दौडिएर त देखायौ
तर फर्केर हेरेनौ तिमीले
तिमीले जहाँ जहाँ पाइला टेक्यौ
त्यहाँ त्यहाँ धरातल भासिसकेको छ
मर्मतको सम्भावना पनि देखिँदैन ।’

ऊ लज्जित हुन र
हार्न चाहँदैन थियो
पौरखको भाषामा भन्दै गयो,
‘त्यही त हो मेरो सामर्थ्य र शक्ति
यतिका वर्ष सम्म पनि
अरुको दौडले टसमस नभएको धरातल
मेरो एक चक्करमा भासिन सफल भयो
यही नै त हो मेरो कीर्तिमानी कदम
नयाँ संरचना युक्त नयाँ नेपाल !!

०००
कौशलटार, भक्तपुर
हाल मिल्टन, केनेडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
मान्छे हरायो

मान्छे हरायो

प्रमाेद भट्टराई प्रतीक
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x