साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवसर्जक साहित्य चौतारीको २ दिने कार्यशाला सम्पन्न

बालसाहित्य लेखक रमेशचन्द्र घिमिरेमार्फत् लेखनसम्बन्धी प्रशिक्षणबाट सुरू भएको कार्यक्रम शनिबार रचना वाचनसहित समापन भएको हो ।

Nepal Telecom ad

मकवानपुर, ०८१ असार १ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनमा बालकविता लेखन कार्यशाला सम्पन्न भएको छ ।

दुइदिने लेखन कार्यशालाका क्रममा शुक्रबार लेखनशील्पका सैद्धान्तिक विषयवस्तु प्रस्तुत गरी कविता लेखन अभ्यास गराइएको थियो । बालसाहित्य लेखक रमेशचन्द्र घिमिरेमार्फत् लेखनसम्बन्धी प्रशिक्षणबाट सुरू भएको कार्यक्रम शनिबार रचना वाचनसहित समापन भएको हो ।

कविता लेखन सहजीकरणका क्रममा चराचुरूङ्गी किटपतङ्ग, मौसम, बालखेल, मातृभूमिसम्बन्धी प्रेम, चाडपर्व तथा सँस्कृति, नाता सम्बन्ध, बाल्यकालका अनुभव, बालजिज्ञासालगायतका १२ वटा विषयहरूलाई उदाहरणसहित प्रस्तुत गरी कविता लेखनमा सहजीकरण गर्नु भएको हो ।

दोस्रो दिनको कार्यक्रममा रोशन गड्तौलाले मौसम परिवर्तनमार्फत् पर्या कविता प्रस्तुत गर्दा आभाश्री सापकोटाले ‘मेरी आमा’, प्रेरक गौतमले ‘मेरा बाबा’, कुशल अधिकारीले ‘विद्यालय जान्छु म’ का साथै शुभेच्छा अर्याल, मनुश्री चापागाईँ, आयुष्मा दङ्गाल, श्रीषा लामिछाने, अरिस्का दङ्गाल, अनमोल पोखरेललगायत १५ जनाको कविताहरू वाचन भएका थिए ।

कार्यक्रममा मकवानपुर, काभ्रे, बागलुङ, गोरखा, तेह्रथुम, कास्कीलगायत विभिन्न जिल्लाबाट बालबालिकाहरूको सहभागिता रहेको थियो । गद्य तथा छन्दका कविताहरू समेत प्रस्तुत भएका छन् । मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख सहभागिता रहेको नवसर्जक चौतारीले लेखन तथा बहस र वाचनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रशिक्षक तथा गण्डकी प्रदेश संयोजक रमेशचन्द्र घिमिरेले वाचित सम्पूर्ण कविताहरूको समीक्षात्मक टिप्पणीसहित ‘घडीभित्र छडी’ बाल कविता वाचन गर्नुभयो । टिप्पणीका क्रममा घिमिरेले बालबालिकाहरूले शिक्षाले गरेका उन्नति, बाबाआमाप्रतिको दायित्व, वातावरण, गुरू, समय, प्रकृतिलगायतका विषयमा कविताहरू प्रस्तुत गरिएकामा लेखनलाई निरन्तरता दिन र अध्ययनका लागि समय छुट्याउन आग्रह गर्नुभयो । उहाँले बालकविताका साथै बालगजल समेत लेख्न सकिने, जानकारीमूलक सामग्रीलाई कवितात्मक शैलीमा लेख्न सकिने जानकारी दिनुभयो ।

अतिथि सुरेन्द्र देवकोटाले ‘तोपचरो’ कवितामार्फत् यसका प्रकार, आनीबानी तथा संरक्षणका बारेमा कविता वाचन गर्नुभयो । र्‍याण्डम रिडर्स सोसाइटीका संयोजक रुपिन्द्र प्रभावीले देश निर्माणका लागि एकजुट हुनुपर्ने ‘तिम्ले झोला बोक्दा’ कविता वाचन गर्नुभयो । यस्तै संप्रस पौडेलले ‘तपाईँको कुकुर कस्तो छ ?’ व्यङ्ग्यमार्फत् कुकुर डुलाउनेहरूले फोहोर आफैँले व्यवस्थापन गर्नुपर्ने विषयमा कविता वाचन गर्दा ध्रुव ढकालले ‘पसिनाका दाना’ कवितामार्फत् बाआमाप्रतिको दायित्वसम्बन्धी कविता प्रस्तुत गर्नु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले रेकर्डिङको तयारीमा रहेको ‘हामी बालक’ गीत प्रस्तुत गर्नुभयो ।

नवसर्जक साहित्य चौतारीकी सल्लाहकार अर्चना दाहालले सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो भने जुम वेबिनारमार्फत् सञ्चालित कार्यक्रमलाई दीपक गौतमले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x