साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यवस्था

“आफैँ त महादेव कस्ले देला वर के गर्छौ ? जाँच्ने डाक्टर, नर्स तलव नपाएर महिनौंदेखि सदरमुकाम छन् । औषधि नआएको वर्षाैँ भइसक्यो । यहाँ स्प्रिट, फिनेल त छैन” अस्पतालले अवस्थाको जानकारी गरायो ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“कता हिँड्यौ ?”
“कता भन्नु ? आज निम्तो मानौं भनेर नि !”
“डाको न बोलायो लिँडे पुच्छर डोलायो हन तिमीलाई कस्ले निम्तो गर्‍यो ?” अस्पतालले भन्यो ।

“यहाँ हेर त ! निम्तो गरेको प्रमाण यो होइन ?” लुते कुकुरले लुतोले पक्पकी छाला उक्किएको देखायो ।
भत्केको बाटो, चुहिने छानो, दुर्गन्ध र फोहोरले पुरिएको अस्पताल लुतोले खुइलिएर मर्न लागेको कुकुर एक आपसमा भलाकुसारी गरिरहेका थिए । अहिलेसम्म कैयौँको उपचार गरिसकेको अस्पताल आफ्नै उपचार नपाएर सिकिस्त छ । तापनि अरूको उपचार गर्ने उस्को धर्म निभाइरहेको छ ।

“आफैँ त महादेव कस्ले देला वर के गर्छौ ? जाँच्ने डाक्टर, नर्स तलव नपाएर महिनौंदेखि सदरमुकाम छन् । औषधि नआएको वर्षाैँ भइसक्यो । यहाँ स्प्रिट, फिनेल त छैन” अस्पतालले अवस्थाको जानकारी गरायो ।

लुते कुकुरले रूग्ण अस्पताललाई हेर्दै मनमनै भन्यो “उसैलाइ क्यान्सर लागिसकेछ मेरो के उपचार गर्ला ?”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x