साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक के गर्ने ?

हजुरबा अहिले पनि स्नान गरेर पुजा सकेर गीता, रामायण ढोगेर राख्नुहुन्छ । बुबा दलानमा बसेर दिनैपिच्छे भागवतका श्लोक सुनाउनुहुन्छ । काकाहरू समाचार पत्रिका पढ्नुहुन्छ ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

म कहिल्यै भन्दिन थिएँ । श्याम प्राय सोधिरहन्थ्यो ।

एकदिन झर्किएर उस्ले भन्यो “भन्दैनस् ?”

भनौँ उसले मलाई जित्ला । नभनौँ साथी रिसाउनेभयो । म बिलखबन्दमा परेँ ।

तर पनि भन्नुपर्छ भनेर मेरो धनुले भन्यो र भने “ढोग्यो भने विद्या आउँछ अरे ।”

ऊ चुपचाप पढ्न थाल्यो । म चोरआँखाले बेलाबेला हेर्थेँ तर उसले कहिल्यै किताब ढोगेन ।

हजुरबाले किताब ढोग्न लगाउनुहुन्थ्यो । मैले सधैँ आज्ञा पालन गरेँ । पछि बुबाले ढोगेर पढ्नुपर्छ भन्नुभयो । त्यसै गरेँ । विद्यालयमा गुरुहरूले ध्यान दिएर पढ्नुपर्छ भन्नुभयो । त्यो पनि अनुशासित भएर मानेँ ।

जब कलेजको पढाइलेखाइ शुरू भयो ओछ्यान भरी किताब भए । जानेर पढे मात्र लेख्न सकिने रहेछ नत्र त पढेर मात्र नहुने रहेछ भन्ने बुझेँ ।

हामी दुवैजना अहिले कलेजको प्रोफेसर छौँ ।

हजुरबा अहिले पनि स्नान गरेर पुजा सकेर गीता, रामायण ढोगेर राख्नुहुन्छ । बुबा दलानमा बसेर दिनैपिच्छे भागवतका श्लोक सुनाउनुहुन्छ । काकाहरू समाचार पत्रिका पढ्नुहुन्छ ।

अहिले पनि म सोचिरहेको छु किताब ढोग्ने कि ? पढ्ने कि ? ध्यान दिने कि ? बुझ्ने कि ?

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
दीर्घायु

दीर्घायु

श्रीप्रसाद पाेखरेल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x