बालकृष्ण खनालब्वाँसाको रजाईं
भन्थ्यो बाघ र बाखरी सग सगै, बस्छन् कसोरी भनी । आफैआज समाजको मनपरी, डस्दैछ ब्वाँसो बनी ॥ जागौँ हो अब राष्ट सेवक सबै, अन्याय सन्छौ कति । आजै रोक सबै मिलेर बलले, भोली हुने त्यो खति ॥

बालकृष्ण खनाल :
भोका स्यालहरू पसे शहरमा, खाए डकारे सब ।
चर्काचर्की गरे बसे सदनमा, भत्ता पचाए तब ॥
पारे देश चिराचिरा गरिसबै, काँक्रो चिरेझै गरि ।
विज्ञका नसुनी करा अबुझले, धेरै गरे मनपरी ॥१
ब्वासो श्याल बनेर गाउँघरमा, हाँस्दै पसेको थियो ।
झुक्केछन् विचरा अजान पसुले, त्यो स्याल बाठो थियो ॥
पालीयो घरमा निकै जतनले, आफ्नै भनी ठानियो ।
च्यातीयो तनको त खोल तब पो, ब्वासो भनी जानियो ॥२
सेवा गर्छु भनेर भोट बटुली,नेता बनेको थियो ।
के सेवा गरथ्यो चलाख ठगले,डाका लुटेरा छ यो। ।
बिर्सियो हितका सबै सजनको, गोडा मिच्यो दुष्टको।
साना देख्छ भुराभुरी नजरले, आफू महा उच्च भो ॥३
भन्थ्यो बाघ र बाखरी सग सगै, बस्छन् कसोरी भनी ।
आफैआज समाजको मनपरी, डस्दैछ ब्वाँसो बनी ॥
जागौँ हो अब राष्ट सेवक सबै, अन्याय सन्छौ कति ।
आजै रोक सबै मिलेर बलले, भोली हुने त्यो खति ॥४
साँचो स्याल थिएन दुष्ट जनत्यो, ब्वासो थियो आखिर।
आयो स्याल बनी पर्यो चरणमा, नेता हुने खाँतिर ॥
माग्यो भोट जित्यो चुनाव सजिलै, फर्केर आएन जो ।
खायो भ्रष्ट बनेर यो मुलुकको, सत्मार्ग चाहेन जो ॥५
०००
कञ्चनपुर
Subscribe
Login
0 Comments
Oldest







































