साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्वाँसाको रजाईं

भन्थ्यो बाघ र बाखरी सग सगै, बस्छन् कसोरी भनी । आफैआज समाजको मनपरी, डस्दैछ ब्वाँसो बनी ॥ जागौँ हो अब राष्ट सेवक सबै, अन्याय सन्छौ कति । आजै रोक सबै मिलेर बलले, भोली हुने त्यो खति ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

भोका स्यालहरू पसे शहरमा, खाए डकारे सब ।
चर्काचर्की गरे बसे सदनमा, भत्ता पचाए तब ॥
पारे देश चिराचिरा गरिसबै, काँक्रो चिरेझै गरि ।
विज्ञका नसुनी करा अबुझले, धेरै गरे मनपरी ॥१

ब्वासो श्याल बनेर गाउँघरमा, हाँस्दै पसेको थियो ।
झुक्केछन् विचरा अजान पसुले, त्यो स्याल बाठो थियो ॥
पालीयो घरमा निकै जतनले, आफ्नै भनी ठानियो ।
च्यातीयो तनको त खोल तब पो, ब्वासो भनी जानियो ॥२

सेवा गर्छु भनेर भोट बटुली,नेता बनेको थियो ।
के सेवा गरथ्यो चलाख ठगले,डाका लुटेरा छ यो। ।
बिर्सियो हितका सबै सजनको, गोडा मिच्यो दुष्टको।
साना देख्छ भुराभुरी नजरले, आफू महा उच्च भो ॥३

भन्थ्यो बाघ र बाखरी सग सगै, बस्छन् कसोरी भनी ।
आफैआज समाजको मनपरी, डस्दैछ ब्वाँसो बनी ॥
जागौँ हो अब राष्ट सेवक सबै, अन्याय सन्छौ कति ।
आजै रोक सबै मिलेर बलले, भोली हुने त्यो खति ॥४

साँचो स्याल थिएन दुष्ट जनत्यो, ब्वासो थियो आखिर।
आयो स्याल बनी पर्‍यो चरणमा, नेता हुने खाँतिर ॥
माग्यो भोट जित्यो चुनाव सजिलै, फर्केर आएन जो ।
खायो भ्रष्ट बनेर यो मुलुकको, सत्मार्ग चाहेन जो ॥५

०००
कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x