साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतिले धरापेको देश !

पालो मिच्नेदेखि अरुको गाँस घिच्नेसम्मका ठूला ठालुहरू पनि यहीँ छन् । जनताको मुखमा बुझो लागिसकेको छ सधैँका लागि । पहिले पहिले त धर्ना, जुलुस, हडताल, आन्दोलत गर्नेमा अघि सर्ने जनता कता गएर ?

Nepal Telecom ad

अमर अधिकारी :

नेपाललाई धेरै पहिलेदेखि नै सतीले सरापेको देश भनिदैआएको छ । बेथिति देख्यो कि त सतीले सरापेको देश भनिहाल्ने खराब बानी परिसकेको छ हामीलाई । को हुन् त ती सती ? सती शब्दलाई नेपाली शब्दकोशले थरिथरि अर्थ्याएको पाइन्छ । सती श्रीशिवजीकी जेठी पत्नी भनि उल्लेख गरेको छ शब्दकोशले । पतिव्रता स्त्री पनि भनेको छ । त्यस्तै साध्वी पनि कहेको छ । त्यस्तै पतिको लासका साथै चितामा जल्ने स्त्री पनि भन्न भ्याएको छ शब्दकोशले । त्यस्तै सतीको अर्थ दुर्गा र भवानी पनि उल्लेख गरेको छ ।

मैले त श्रीशिवजीकी पत्नी पार्वती मात्र होलिन् भन्ठानेको त जेठी पत्नी पनि रहिछन् । उनी कहाँ गइन् मलाई के थाहा ? पार्वती सौतामाथि किन आएकी होलिन् । पार्वतीको बिहे त विष्णु भगवानसँग गरिदिने कुरो थियो । विद्रोही बनेर शिवजीलाई पती पाउँ भन्दै तपस्या गरेकी पार्वती माता सौतामाथि गइन् कि सौतामुनि गइन् त्यो त थाहा भएन । सायद माथि नै होला र त सधैका लागि शिवजीकी पत्नी हुनपुगिन् । सौतामुनि गएकी भए त उनको के अस्तित्व पो हुन्थ्यो र ? शिवजीले जेठी पत्नीको नाम सार्वजनिक नगर्नुका कारण स्पष्टिकरण सोध्ने कुरा भएन । किन कि उनी देवहरूका पनि देव अर्थात् महादेव हुन् ।

भंगालेश्वर महादेव, टंगालेश्वर महादेव, कंगालेश्वर महादेवका मन्दिरहरू खोज्न टाढा जानैपर्दैन । कोरोकालमा कोरोनेश्वर महादेव मन्दिरको फोटो फेसबुकमा त कसैले पोस्ट गरेकै थिए नै। धर्मेश्वर महादेवदेखि कर्मेश्वर महादेवसम्मका मन्दिरहरू छन् यहाँ । एक उद्योगपतीले बडेमान्को शिवजीको मूर्ति बनाए- साँगामा । हाम्रो ध्यान जानुपर्ने बसाहामा होइन राँगामा । डोलेश्वरदेखि खोलेश्वरसम्मका भगवान पनि कति हुन् कति । चतराधामदेखि खतराधामसम्मका तीर्थस्थल हाम्रै मुलुकमा छन् । जहाँ धेरै आपराधिक काम हुन्छ त्यहाँ धेरै तीर्थस्थलहरू छन् । शान्तिका दूत गौतम वुद्ध कपिलवस्तुमा जन्मिए, जबकि नेपालकै अशान्ति जिल्ला कपिलवस्तु नै बन्दैआएको पाइन्छ । कपिलवस्तुका सांसद तथा त्यतिखेरका मन्त्री मिर्जा दिलसाद वेगको हत्या किन भयो त । हत्या काठमाडौंमै भए पनि उनी त कपिलवस्तुकै थिए । हुन त उनलाई कारचोरदेखि मन्त्रीसम्म भनेर चिन्दारहेछन् कसैकसैले ।

हत्या, आतङ्क, गुण्डागर्दीको संस्कार नेपालीहरूले भारतबाटै सिकेका हुन् । संस्कृत सिक्न बनारस जानेदेखि विहारबाट अपहरणका कला सिक्नेहरू यहाँ नभएका होइनन् । पाकेटमारी पनि भारतबाटै आयात भएको पेशा हो । अहिले ठग जोगीहरूको पनि जगजगी छ नेपालमा । ठगेर खानका लागि आश्रम खोल्ने र अन्धभक्तहरू जम्मा गर्ने अनि ज्ञानगुनका कुरा गरेजस्तो गरेर पहिला सयौँबाट लुट्नथाल्ने, पछि हजारौँ लुटे र अलिपछि लाखौँ अनि करोडौँ लुटे र लुट्दैछन् ती ढोँगी जोगीहरू ।

ठग राजनीतिज्ञ, ठग समाजसेवी, ठग र पाखण्डी धर्मगुरु बग्रेल्ती छन् यहाँ । अपराध नगरेका नेता त भेटाउनै गाह्रो छ यहाँ। सहकारीलाई भकारी भनाउने नेतादेखि सुन तस्कर अनि खुन अपराधीहरू पनि नेताहरू नै छन् नभए नेताका विश्वासपात्र नै छन् । समाजसेवीहरू पनि नक्कली भेटिनथालेका छन् । माफियाहरूले सामाजिक संस्थाहरूलाई चन्दा दिने उनै माफिया विभिन्न कार्यक्रमहरूमा अतिथि बनेर जाने अनि सम्मान थाप्ने गरेका समाचारहरू नौला होइनन् ।

महायज्ञको नाटक रचेर पचास लाख उठेको छ भने पैतालिस लाख गुटमुट्याएर कुलेलाम ठोक्ने पण्डित वा गुरुहरू पनि नभएका होइनन् हाम्रो मुलुकमा । झुलो ठोस्ने ठगदेखि सुनको तुलो जोख्ने ब्यापारीहरू ठगैठग । पालो मिच्नेदेखि अरुको गाँस घिच्नेसम्मका ठूला ठालुहरू पनि यहीँ छन् । जनताको मुखमा बुझो लागिसकेको छ सधैँका लागि । पहिले पहिले त धर्ना, जुलुस, हडताल, आन्दोलत गर्नेमा अघि सर्ने जनता कता गएर ? कि भष्म भए ? नयाँ नयाँ जोगीले धेरै खरानी घस्छ भनेको यस्तै हो ।

जनताहरू अब पुराना जोगी झैँ भए । सतीले सरापेको देश होइन कतिले धरापेको देश भन्न थालौँ । किन कि यो देशलाई कतिले हो कतिले धरापमा पारिसकेका छन् । प्रशासन ध्वस्त, राजनीति ध्वस्त, धर्म ध्वस्त, सबै ध्वस्त, ठूलाठालु र अपराधी, अनि तस्करहरू मस्त, जनता सधैँ त्रस्त ।

०००
बुढानीलकण्ठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x