साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीर्घायु

हिजो राति यिनी साथीको घरमा दर खान गएकी थिइन् । दरसँग दारु पनि खाइन् । रातभर नृत्य पनि गरिन् । को को थिए थिएनन् यिनले पत्तै पाइनन् । केही समय पश्चात बिजुली झ्याप्प निभ्यो । कल्याङ कुलुङका बिच सबै हराए ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

पार्श्वमा ‘हामी पनि नाच्नुपर्छ बिच बिचमा’ बोलको गीत घन्किरहेको थियो । भैँसीको दाम्लो भन्दा मोटो छड्के रातो तिलहरी लगाएर रमिला कम्मर मर्काइ रहेकी थिइन् । मात्र दुई अम्मलको रातो ब्लाउज र कटिमुनि लगाइएको चिप्लो सारीमा रमिला साँच्चै कामुक देखिन्थिन् ।

शिवले भने “नन्दी ! ती नाच्ने उर्वशी जस्ती कि हुन् ?”

नन्दीले भने “महाराज ! यी मानव कन्या हुन् ।”

शिवलाई असह्य भयो र भने “यी कन्यालाई कैलाशको एकान्त कुटीमा लिएर आउ ।”

नन्दीलाई शिवको कामुकतामा घृणा लाग्यो र भने “प्रभु ! हजुरको आराधना गरेर आफ्नो बिरामी पतिको दीर्घायुको भिख माग्न आएका भक्तमाथि यस्तो नजर ।”

शिवले नन्दीलाई शान्त पार्दै भने “हेर ! उनि याँहा उम्लिएको जवानी पोख्न आएकी हुन् ।

नन्दीले दयाभाव देखाउँदै भने “प्रभु दयाहोस् यी कन्या माथी । पानी पनि नखाई तीजको व्रत बसेकी छन् ।”

“हिजो राति यिनी साथीको घरमा दर खान गएकी थिइन् । दरसँग दारु पनि खाइन् । रातभर नृत्य पनि गरिन् । को को थिए थिएनन् यिनले पत्तै पाइनन् । केही समय पश्चात बिजुली झ्याप्प निभ्यो । कल्याङ कुलुङका बिच सबै हराए ।” शिवले पुराणनै सुनाए ।

“प्रभु अब कसो गर्ने हो ?”

“तिमी हेर्दै जाउ अब के के हुन्छ ।”

रमिला हस्याङ फस्याङ् गर्दै व्रत समापन गरेर हलुङ्गो मन बनाएर घर पुगिन् ।

आँगनमा उनको पतिको लास थियो ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x