साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु

मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु म मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो वन बेगरको मन्त्रालय बेचिदिन्छु?

Nepal Telecom ad

अशोक कुमार झा :

म कल्पना गर्छु, पहिलो नेपाली चलचित्र दीपक मनाङ्गेले बनाउन पाएको भए “मनाङ्ग माइतीघर” नाम राख्थे होला र “म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु” को सट्टा “म मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु” कालजयी गीत गाउन लगाउँथे होला ।

म मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु
म मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
वन बेगरको मन्त्रालय बेचिदिन्छु ?
को किन्छ मेरो, किन्छ मेरो
वन बेगरको मन्त्रालय बेचिदिन्छु ?
मन्त्री बेचिदिन्छु, म मन्त्री बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

मलाई छैन पश्चाताप, गरेको छैन कुनै पाप
मन्दिरमा गएर, मन्दिरमा गएर
पोख्नु परेन पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, चोखो भगवान बेचिदिन्छु ?

ए मन्त्री बन्न खोज्ने मान्छे, आओ नजिक आओ
तीन करोड ल्याओ, तीन करोड बुझाओ
मन्त्री लिएर जाओ
म देश बेचिदिन्छु, प्रदेश बेचिदिन्छु
म देश बेचिदिन्छु, प्रदेश बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, प्यारो मनाङ बेचिदिन्छु ?

मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु
म मन्त्री बेचिदिन्छु, सन्त्री बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
वन बेगरको मन्त्रालय बेचिदिन्छु ?
को किन्छ मेरो, किन्छ मेरो
वन बेगरको मन्त्रालय बेचिदिन्छु?
मन्त्री बेचिदिन्छु, म मन्त्री बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

०००
चन्द्रागिरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x