साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्भ्रम

नाङ्लामा राखिएका कसिङर कनिका छान्नु खै के बुताले साङ्ला लाम्चा चिलेसा घुनसित छ सभा सग्बगी गर्न थाले आशाको पुन्तुरोमा ढसमस छ मुसो ढुक्छ अर्को छुचुन्द्रो छन् चुच्चे दाँत काट्ने तहबिलघरको थोत्रिएको छ मान्द्रो ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

दुम्सी साँडे र भेडा हुचिल र चितुवा बाघको मेल कस्तो
आ-आफ्नै लक्ष्य ताकी घरजम सुखको स्वर्ग पारिन्छ जस्तो
शङ्काका दृष्टि आफ्नै कदम कदममा प्रश्न तेर्स्याउँदै छन्
खै केको शत्रु को हो तर पर रिपुमा अस्मिता सुम्पँदै छन् ॥

बोल्ने के हो नबोल्ने झुटमुट छ कथा भ्रान्ति फल्ने गरा छन्
खेती बाली झुटा छन् बिजन मल झुटो पाइला निम्छरा छन्
झुट्टोको सेप लागी तलतिर हरियो पर्छ ओझेल सत्य
खै कस्तो हो जमाना पर खितितितिती हाँस्छ पापी असत्य ॥

नाङ्लामा राखिएका कसिङर कनिका छान्नु खै के बुताले
साङ्ला लाम्चा चिलेसा घुनसित छ सभा सग्बगी गर्न थाले
आशाको पुन्तुरोमा ढसमस छ मुसो ढुक्छ अर्को छुचुन्द्रो
छन् चुच्चे दाँत काट्ने तहबिलघरको थोत्रिएको छ मान्द्रो ॥

काँडा छन् छोपिएका पथभरि ननिका खै कता राख्नु पाउ
आमा मारी हसुर्ने दनुज र रिपुका छन् यहाँ लाख दाउ
बच्ने खै के गरी हो तहसनहसको व्यग्रतामा छ देश
हे आमा ! शक्ति यस्तो स्फुरित गर यहाँ जुक्ति आऊन् विशेष ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो

मिलेमतो

डा. खगेन्द्रप्रसाद दाहाल
0
Would love your thoughts, please comment.x
()
x