साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्छन् दुखेसा उही

लेखूँ भद्र सुझाव भन्छ मनले के लेख्नु भो राजस सुन्ने को छ र नम्र सोर सबका आवाज छन् कर्कश फेर्छन् होड गरी गरी दिनदशा मेटेर सारा बही हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

लेखूँ भन्दछु शान्ति खालि किन हो विद्रोह नै आउँछ
एकैनास उही भँडारतिरको दुर्गन्धको घाउ छ
कुर्सी मोह उही छ जग्जग उही आफ्ना पराया उही
हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥१

कैले स्याल बनेर बाघ घरमा घुस्छन् बिलौना गरी
कैले बाघ र फ्याउरासँगसँगै चैतन्य लान्छन् हरी
आफ्नो भोजन जोड्न माहिर सबै लिस्ना र दैला उही
हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥२

खाटा बस्छ कि बस्छ भो यदि भने त्यै घाउ कोट्याउँछन्
केही हुन्छ कि बढ्छ भो यदि भने आयुष्य छोट्याउँछन्
आफ्नो मार्ग खुलाउने प्रहरमा छैनन् विवादी कहीँ
हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥३

चाहन्छन् कति कालरात्रि जहिल्यै भेट्छन् निशामा धन
छेक्ने हुन्छ प्रयत्न घाम अथवा आभा भनी बन्धन
हुर्कन्छन् सजिलै निशाचरहरू रम्छन् निशामा उहीँ
हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥४

लेखूँ भद्र सुझाव भन्छ मनले के लेख्नु भो राजस
सुन्ने को छ र नम्र सोर सबका आवाज छन् कर्कश
फेर्छन् होड गरी गरी दिनदशा मेटेर सारा बही
हाम्रा गाउँ र आँगनीतिर भने घुम्छन् दुखेसा उही ॥५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो

मिलेमतो

डा. खगेन्द्रप्रसाद दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x