साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्झौता सम्झौता

हो भाइ, नजानी नजानी लागेको बानी संस्कार बन्छ । अब म आस्तिक बनेको अभिनय गर्न विवश छु । थाहा छ मलाई पत्थर पूजा गरेर ती भारतीय नागरिकहरूको सेवा गरेर मेरो कल्याण हुन्न । तर अब लागियो ।

Nepal Telecom ad

धनराज गिरी :

“कता कता हेर्ने हामीले मात्र ? अब त यी चतुर मानिसहरूको लीला बुझ्न सकिन्न प्रभु, हामी पनि परम्परावादी, सनातनी भएर मात्र हुन्न । उता धरतीमा ‘ए आई’ को युग आइसक्यो । अब त अमृत पनि उत्पादन गरेर मान्छेहरू सबै चिरञ्जीवी हुन बेर छैन । हामी पो यता यमपुरीमा बेरोजगार हुने लक्षण छ त । प्रभुले यसका बारेमा केही सोचिबक्सेको छ ?” यमपुरीमा सचिव चित्रगुप्त । चित्रगुप्तको गुनासो सुनेपछि यमराजजी बढी गम्भीर भए । “त्यही त हाम्रा सहयोगी रोगहरू पनि मानिससित डराउन थाले । रोगहरू पराजित भएपछि हाम्रो काम सहज हुन्न । आखिर पापीहरूलाई यहाँ ल्याएर हामीले दिने सजाय हो, केही सोचौँ । यो सजायको व्यवस्था धरतीमा नै मिलाए कसो होला ? अब हामी पनि संघीयतामा जाने ।”

“आइडिया इन्टरनेट प्रभु, मानिसहरूको मनमा एउटा विचार रोपण गरिदिने, त्यही विचारले उनीहरूलाई मनमा एउटा अचार बनाउने छ । मान्छेको जात ज्याद्रो हुन्छ । एउटा कुरामा लागेपछि लाग्यो, लाग्यो, भेडाको सन्तान ।” चित्रगुप्तको अनुहार उज्यालो भयो । “भन न त” प्रभुको परमादेश । “मान्छेको मनमा ईश्वर र पैसाको अस्तित्व छिराएमा काण्ड पुग्छ प्रभु ।” “तथास्तू” प्रभुले बोले । त्यतिखेरै एक हुल मान्छेहरू लिएर आए धरतीबाट यमदूतहरूले, भीड लाग्यो कार्यालयमा ।

“को हुन् यिनीहरू ? किन यति छिटै ?” यमराज गर्जिए । चित्रगुप्तले यसो निरीक्षण गरे । यमदूतलाई हेरे । अलि चतुर यमदूत बोल्यो, “प्रभु, श्रीलङ्का र बङ्गलादेशको घटनाबाट तर्सिएर नेपालका सबै ठूला ठूला नेताहरू, मन्त्रीहरू, प्रधानमन्त्रीहरू, ठेकेदारहरू, ठूला ठूला, हाकिमहरू, शैक्षिक गुण्डाहरू, सम्पूर्ण फटाहाहरू ७ वटा बसमा भारततिर फरार हुन खोजेका थिए, सबै बस त्रिशुलीमा झ्याम्म, पाप करायो, हामीले ल्याउन पनि हम्मे हम्मे पर्‍यो । अदालतका वकील न्यायधीशहरू, प्रा.डाहरू सबै स्वाहा प्रभु ।”

यमदूतको कायाकैरन सुनेपछि चित्रगुप्तले धर्मराजतिर हेरेर भने, “प्रभु, म मेरो खाता हेरौँ ?” प्रभुको भृकुटी खुम्चियो । अनुहार पिताश्री सूर्यनारायणको जस्तै बनाएर बोले, परमादेश दिए, “किन हेर्ने खाता ? मलाई सबै कण्ठ छ, सोझा नेपाली जनतालाई जस्तै ! यी सबैलाई महानरक, रौखमा जाकिदिने । यो खबर हाम्रो सामाजिक सञ्जालमा पनि राख्नू, पत्रकार शिशी हमलालाई थाहा दिनू ।” “शिशी हमला होइन प्रभु, ऋषि धमला” चित्रगुप्त । “सही पकडे” प्रभुले पनि “भाभी जी घर पर हैं” सिरियल हेरेको । आदेश तामेल भयो । सम्पूर्ण ठूलाबडाहरू नरकमा जाकिए । “यहाँ उखान सुनाएर नहुने” एउटा पतेराले चुसेको धानजस्तो । कोही रून थाले ।

“ए बूढा, ए बूढा, कति निदाउनु भएको आज भरतपुर जानु छ भन्नुभएको होइन । कति घुरेको ? कि सपनामा पनि गजल फुरेको हो ? मोतीनाथ रत्ननन्दनले सौराहा चोकमा भेट्ने भनेको होइन ?” कल्याणी गोस्वामीले जगाइन् स्वामीलाई । “हैट, बूढी, म त यमलोकमा पुगेछु गजल सुनाउन । सपना राम्रो देखिएन । नेपालमा पनि शेखहरूको मेख मर्लाजस्तो छ । हसिनाको नाम सुनेपछि पसिना आएजस्तो छ ।” प्रोफेसर अजयराज गोस्वामी । उठ्यो । नुहायो । नास्तापानी गरेर झोला बोकी लाग्यो सौराहा चोकतिर । दाजु रत्ननन्दन पनि समयमा नै आए । गाडीमा समायोजन भयो । “आज टाइमपास गफ के गर्ने दाजी ?”

“चारपाँच जनाको धज्जी उडाए बाटो काटिन्छ, नेपाली संस्कार यही हो ।” मोतीनाथ । “त्यो काम नगर्ने दाजी, आजको यात्रा अलि अर्थपूर्ण बनाउने । मसित विषय छ ।” प्रोफेसर । “भाइलाई कुरा पनि कति आएको, हुन्छ, हुन्छ । आफूलाई त यो सुगरले दिक्क बनायो क्या !”

“दाजी, मेरी कल्याणीले भनिन् “बूढा, हजुरको अति गुलियो मायाले मलाई सुगर भयो । धेरै माया पनि काम छैन । दाजीलाई पनि सावित्राकान्त, शरणोपाध्याय “पातालभैरवी” कलङ्कीनाथ र गम्भीरनन्दन सरस्वतीकान्त रत्नश्रीको अति माया, “आन्जनेय” हुनुभयो । हाकिमले अति माया गरेका कर्मचारीहरूलाई पनि “सुगर” हुनेरहेछ । पहिले “डाइबिटिज” पछि “दाइ बितिस्” पहिलो दृश्य “भेटघाट” अन्तिम दृश्य “घाटभेट” निदान, समस्याको स्थायी हल ।” “हा हा हा… हे राम, हे कृष्ण, मेरो भाइलाई कति कुरा आएको, बाबै नि, भाइ त कपिल कमेडीमा जानुपर्ने क्या, राम तिलक लगाएर, रूद्राक्ष माला भिरेर, भारत छिरेर ।”

जेठा पौडेल, राष्ट्रपतिका आफन्त “मुकुन्द इन्दिरा” कण्ठ, केन्द्र र परिधि भ्याएका “कपिल अज्ञात भए पुग्छ दाजी । अँ दाजी, एउटा कुरा यो आस्तिक र नास्तिकको चक्कर छ नि, म केही दिन मज्जाले नास्तिक भएँ । अनि मनले भन्यो, “आस्तिक हुनभन्दा नास्तिक हुन गाह्रो छ, किन कि आस्तिकले सम्पूर्ण समस्या प्रभुको टाउकोमा राखिदिन्छ, उम्किन्छ । तर विचरा नास्तिक, कहाँ जावोस्, सम्पूर्ण भार आफैं बोक्न विवश, उही कवि र कम्युनिस्ट बढी दुःखी भएजस्तै ।”

फेरि नयाँ दर्शन आयो, यो कवि र कम्युनिस्ट बढी दुःखी किन हुन्छन् भाइ ?” “दाजी, कवि पनि नचाहिने नचाहिने कुरा बढी सोच्दछ, छन्द मिलेन भनेर पिरिन्छ, कल्पना लोकमा हराउँछ, सपना साकार हुन्न, अनि तनाव हुन्छ । दारू तान्छ । अझ तनाव थपिन्छ, कवि एक दुःखी आत्मा हो । उता पुरस्कारको टेन्सन । यता कम्युनिस्ट, हुन त दाजी “माक्र्सवाद” सर्वोत्तमवाद हो । तर के गर्नु हुन्छ यूटोपियाको कल्पना मात्र । मनमा दाम, बाहिर बाहिर वाम । अनि कल्पनाको यूटोपिया झूटोपिया भएपछि अवसादमा पुग्छ एउटा सज्जन कम्युनिस्ट, कि खतरनाक बागी बन्छ । अझ दुःख पाउँछ ।

“अब यो कवि र कम्युनिस्टतिर टाउको नदुखाउने, आस्तिक र नास्तिकतिर लाग्ने कृष्ण, कृष्ण जपियो, यत्रो सुगर खपियो । खपियो । भाइ, “ईश्वर छन् ?” मोतीनाथ ।

“ईश्वर छन् दाजी, मान्छे भित्रको चेतना र विवेक, मानवता, सत्यम् शिवम् सुन्दरम् नै ईश्वर हो । प्रकृति ईश्वर हो । हरेक सक्कली मित्र ईश्वर हो । यो सारा जगत ईश्वर हो । तर ईश्वर भनेर कर्मको नाममा अधर्महरू, जे जति भएकाछन्, ती सबै ईश्वरका नाममा गरिएको व्यापार हो, ठगी कार्य हो । मान्छे आज ढोंग, पाखण्ड र आडम्बरको सिकार भए । म, यो प्रोफेसर जगमोहन आजादको मितवा, परशुराम शिष्य रामानुज, ढुक्कसित भन्छु, “ईश्वर छन्, साकार, मान्छेकै रूपमा । निराकार शून्य त आकाश हो ।

अनि नि, दाजी म नास्तिक, म मात्र सही, राम्रो म, यो अहंकार हो, उग्रवाद हो, अरूको आस्थाका अनुयायीहरू आफैँ लीकमा आउनेछन्, उही फलाना फलानालाई अध्यक्ष र क्याम्पस प्रमुख बनाएर संस्था ध्वस्त भयो भनेर पछि पछुताए जस्तै हो, अति राम्री बुहारी छानेर पछि अनेक लफडा बेहोरेजस्तै हो । दाजी, अब म त “सम्झौतावादी” किन कि वादविवादले सामाजिक सद्भाव खल्बलिन्छ । मान्छे मिलेको राम्रो हुन्छ । मलाई हिन्दी गीत मनपर्छ ।

हजुरलाई कृष्णको भजन, म गरीबको सन्तानलाई पढाएर, सहयोग गरेर आानन्दित हुन्छु, हजुर मन्दिर बनाएर । आखिर “धार्मिक कल्याण” ले पनि मन बहलाएको हो, मैले पनि मेरो रूचिको काम गरेर मन बहलाएको हो । मन हो सबै कुरा । मनले माने, सबै सत्य । दाजीको बाटो एउटा, मेरो अर्को, तर गन्तव्य एउटै – मानव कल्याण । होइन त दाजी ? “कति उत्तम विचार आयो भाइ । हो त, सम्झौता नगरी कहाँ चल्छ संसार । काल्पनिक हुन् सबै कुरा, तर कृष्णले भने अनुसार ५ गाउँ मात्र दिएको भए महाभारत हुने थिएन । महाविनास । हो भाइ, नजानी नजानी लागेको बानी संस्कार बन्छ ।

अब म आस्तिक बनेको अभिनय गर्न विवश छु । थाहा छ मलाई पत्थर पूजा गरेर ती भारतीय नागरिकहरूको सेवा गरेर मेरो कल्याण हुन्न । तर अब लागियो । सम्झौता हो । कुनै दलले पनि गतिलो गर्दैन, गर्नै दिदैनन्, थाहा छ, सबैभन्दा खराब नै जय नेपाल हो, थाहा छ, तर अब रूख छोडेर कता जाने ? यस्तै हो भाइ, अब “रामशरणम्, हरिशंरणम्” जीवन साइड हीरोमा नै मरणम्, हा हा हा, भाइ, जोगी कान्छोसितको यात्रा सुखदायी क्या !

कुरा कति आएको क्या ! कुरामा दम छ, चर्चा अलि कम छ ! चित्त बुझाउने हो दाजी । हाम्रो मेलमिलाप हाम्रो लागि अमृत हो । ६० बर्षे नाता भने पनि हुन्छ, अब त, व्याजसहित । विज्ञानमाथि भरोसा गर्नुपर्छ दाजी ।” विज्ञानमाथि त पूणर् विश्वास छ भाइ, सविता, साक्षी” “हा, हा, हा……जय हो रत्ननन्दन । सम्झौता- जिन्दावाद, जय श्रीराम ।” भरतपुर पुगे ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x