साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाजली !

"भास्कर लामिछाने र गाजलीको" जनवादी विवाह सम्पन्न, जन्तीहरू १८३ मात्र। भोज सामान्य !" भाला = भास्कर लामिछाने" गाजली = गाउँले जनवादी लीला !"

Nepal Telecom ad

धनराज गिरी :

स्वर्णिम वस्ती, हरिपुर। एक चियाको दोकान, चायवाली, जसको नाम “स्वर्णिमा” अति राम्री। चिया दोकानमा अक्सर भीड । चियापानभन्दा पनि “नेत्रपान” बढी । “भारतमा भए प्रधानमन्त्री हुने, यहाँ त मोदी न रोदी, हाम्री स्वर्णिमाको जीवनमा चियाले नै राज गर्नेभयो” विश्वनाथ पौडेल, गभर्नरको हमनाम । – “त्यही त अर्थशास्त्र कति बलियो हुन्छ र चिया बेचेर “सुरेन्द्र पाण्डे, एम फील। तीन जमिन्दार पनि आइरहने। तीन जमिन्दारको “नियत” चायवालीले बुझेकी। “सारानाकावाली” बघिनी अजेया ढकालको साथ, ढुक्क ।

“यी तीन जमिन्दारहरू मध्ये कसले हाम्री “स्वर्णिमालाई “घरको” अर्थमन्त्री” बनाउने हो ?” जामिरे कान्छो। “त्यो झाल्पाली अलि चोट्टा छ, त्यसले उडाउने संभावना !” बज्रे चपुरे। “गाजलीको मनमा को छ ? के थाहा ?” हुर्मत कोइराला जय नेपाल ।

गाजल लगाउने नानी,यही भएर “गाजली !”

अमेरिका रिटर्न “भाला” पनि थपियो चिया दोकानमा। अर्को जगदीशचन्द्र श्रीवास्तव, जसले सात पटक सातफेरे विना हम तेरे, भनेको थियो, सप्त अकन्यासित, पचास वसन्तअघि, उखानपुरमा।

आयो बयासी साल, अनिकाल, विवेकको। जोर नातिनी र पितामह ग्रीष्म “प्रोफेसर प्रेमकृष्णराज हमालेश्वर महाराज झुवानीदीपक” जन्मिएको महिनाको २२ र २५ का बहिनी र दिदी गतेमा भूकम्प गयो, तीनशहरमा। भाला चम्कियो। अघि लम्कियो। यता तीन जमिन्दार भित्र भित्र “गाजली गाजली” भनेर बसेका थिए, उता गाजली गायब। “भाला” पनि गायब। पछि सामाजिक सञ्जालमा खबर आयो “भास्कर लामिछाने र गाजलीको” जनवादी विवाह सम्पन्न, जन्तीहरू १८३ मात्र। भोज सामान्य !” भाला = भास्कर लामिछाने” गाजली = गाउँले जनवादी लीला !” यो विवाहमाथि निसमालोचना आयो, रमेश सन्ध्यानारायण दङ्गालीको।

“तीन जमिन्दार हिस्स हजुर आमा ग्रीन टीथ !” समाचार भाइरल भयो। ४३ माइनस एक गतेको आधा गते माघ र चैतको मध्यक महिनामा उनीहरू हनीमून गए, म्याग्दी। “गाजली” सबैको मुखमा।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x