साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आश ठूलै जागेको

हलुवाइले अब एक्लै मिठाई नसिध्याओस्, भोको नबसोस् जनता, हक आफ्नो पाओस्। घण्टीको विश्वासमा आश ठूलै यहाँ जागेको, गरिएका वाचा सबै लटरम्म झाँगी जाओस्।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

धेरै बजाइयो घण्टी नवशक्तिको उदयमा,
अब बजोस् घण्टी विकासको लयमा।

आमाले पठाउन नपरोस् छोरालाई खाडी,
जनताको मतपत्र नबनोस् स्वार्थको हाँडी।
सुशासनको सुमार्गमा अब घण्टी बज्नुपर्छ,
हात्तीछाप चप्पलले नखोजोस् महँगो गाडी। १।

बज्यो घण्टी मन्दिरमा देउता फकाउन,
बज्यो घण्टी स्कुलमा पुस्तक समाउन।
बज्यो घण्टी रिक्सामा बाटो खोलाउन,
अब बजोस् घण्टी अन्यौल भगाउन। २।

मञ्चमा घण्टी बज्दा आकांक्षा ठूलै सज्यो,
हतास युवाको सपनामा ताली खूबै बज्यो।
सिनेमामा बजाइन्छ घण्टी, देखाइन्छ कथा,
अब यहाँ घण्टी बजाएर सकिनुपर्छ व्यथा। ३।

हलुवाइले अब एक्लै मिठाई नसिध्याओस्,
भोको नबसोस् जनता, हक आफ्नो पाओस्।
घण्टीको विश्वासमा आश ठूलै यहाँ जागेको,
गरिएका वाचा सबै लटरम्म झाँगी जाओस्। ४।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x