साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्दैछ ऊ मनपरी

ढोगी पत्थरको गरेर बिनती, के धर्म त्यो हुन्छर। धर्मै गर्न परे अशक्त जनको,सेवा सकेको गर।। भन्छौ स्वर्ग पठाउनेछु म सिधै, तैले मरेका दिन। पण्डा मन्दिरमा बसेर तिमीले, ढाँटेर खान्छौ किन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बस्छौ मन्दिरमा घसेर विगुती, घण्टी बजाई कन।
भन्छौ धर्म गरे भनेर सबको, केधर्म भो लौ भन।।
केहो धर्म भनेर बुझ्न नसकी, पागल हुदैछन् जन।
जस्ले ढाट्न सक्यो उहीँ मनुजको, लाग्छन् पछी सज्जन।।

कोही पढ्छ नमाज साँझ पखमा, गीता बिहानै उठि।
कोही भन्छ महान बाइबल हो, इश्वर भेट्ने बुटि।।
कोही भन्छ छ स्वर्ग लोक कसरी, भेटौ म त्यो स्वर्गको।
जसको काख बसेर अंमृत पियो, भन्दैछ यो नर्कहो।।

कोही भन्छ म लान्छु स्वर्ग सजिलै, बाटो खनेको छु म।
जाने भा म सगै विलम्व नगरी, दौडेर आईज त।।
केहो धर्म भनेर बुझ्छ कसले, बुझ्दैन कोही पनि ।
हो हो मा सब दौडिए र सगमै, दौडेछु मैले पनि।।

जोजोछन् विकलाङ्ग दु:ख पिरमा, सेवा गरे धर्म हो।
भोकाको मुख पेट भर्न सकिए, त्यो नै ठुलो कर्म हो।।
सक्छौ काम असक्तको गरिदिए, मिल्नेछ तिम्रो फल।
तानी हात उठाइ धर्म गरनू, देखेपछि निर्बल।।

ढोगी पत्थरको गरेर बिनती, के धर्म त्यो हुन्छर।
धर्मै गर्न परे अशक्त जनको, सेवा सकेको गर।।
भन्छौ स्वर्ग पठाउनेछु म सिधै, तैले मरेका दिन।
पण्डा मन्दिरमा बसेर तिमीले, ढाँटेर खान्छौ किन।।

लामा भै कन जो गुफाकुरिबस्यो, माला समाई कन।
नारी लाइ फसाउन पुग्यो, डोल्मा बनाई कन।।
ईशाको दुत हौँ भनेर जसले, आयो बनी पादरी।
सेतो वस्त्र सधै भिरेर तनमा, गर्दैछ ऊ मनपरी।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x