साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन मुक्तक

यदि मुलुकमा परिवर्तन ल्याउने सुशासन चाहने होभने निरिह र निहत्था नागरिक मार्नेहरूलाई छोड्नु हुन्न अब !!

Nepal Telecom ad

चन्द्र मादेन आन्छन :

आशाका किरणहरु बालेन र रविमा समर्पित

मुक्तक १

हिजोका पुराना पार्टीझैँ चाहिँ देश अब लुट्न हुँदैन
यहाँ उचाल्ने पछार्ने धेरै हुन्छ तर पनि छुट्न हुँदैन
निस्वार्थ भावना बोकी देश पक्कै बनाउने हो भने –
राष्ट्रकै लागि बालेन र रवि अब कहिल्यै फुट्न हुँदैन !

मुक्तक २

वर्षौं देखि यो देश लुट्नेहरूलाई छोड्नु हुन्न अब
पहुँच देखाई कानुन मिच्नेहरूलाई छोड्नु हुन्न अब
यदि मुलुकमा परिवर्तन ल्याउने सुशासन चाहने होभने
निरिह र निहत्था नागरिक मार्नेहरूलाई छोड्नु हुन्न अब !!

मुक्तक ३

अब यो देशलाई समृद्ध सुशासनको सौगात दिएर जाऊ
विनम्रपूर्वक बिन्ती छ मेरो बालेन र रवि सधैँ मिलेर जाऊ
धेरै फुटाउने र जुधाउने भए पनि रत्तिभर प्रभाव नगर
पीडा बोकेकी मातृभूमिको फाटेको मन सिएर जाऊ !!!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x