साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कल्पनातीत !

सात दिनपछि सात चिहान फेला परे। खने। सात लास। सबैको गुप्ताङ्ग गायब। अभिभावकहरूले लास बुझे।

Nepal Telecom ad

धनराज गिरी :

“साप,यो के हो ?” प्रहरी जवान हिक्मत दुराले एक प्याकेट ल्याएर एस पी नरेश्वर कार्कीको टेबलमा राख्यो। बिहानै, थानाको गेटमा त्यो उपहार थियो। अचम्म माने हाकिमले। खोलेर हेरे, बीभत्स ! हेर्नै नसक्ने। सात जनेन्द्रीय, पुरुषको। सातो गयो सबैको। साथमा एक पत्र,”तिमी नामर्द पुलिसहरू, कानून हामीले हातमा लिन विवश भइयो !- लेडी गब्बर ! ” यत्ति लेखेको थियो।

अनुसन्धान आरम्भ। शहरका सात युवक गायब। केही दिन अघि एक किशोरीको बलात्कारपछि हत्या, लास जङ्गलमा। युवकहरू नवकुबेरहरू र मन्त्रीहरूका सन्तान। तर लास ? “कल्पनातीत केस !” सनसनी। भाइरल भयो। “को हो लेडी गब्बर?” सबै जिल्ल।

जासुसी सिनेमालाई पनि माथ गर्ने। प्रहरीको टोली जङ्गलभित्र कुकुर लिएर गवेषण गर्न गयो। सात दिनपछि सात चिहान फेला परे। खने। सात लास। सबैको गुप्ताङ्ग गायब। अभिभावकहरूले लास बुझे।

“कल्पनातीत।” लक्षणा।
“को होलान् ?” अभिधा।
“जे भयो, न्याय भयो। यी पापीहरूका लागि उचित सजाय यही हो !” व्यञ्जना।
“बलात्कारीहरूको लागि कडा कानून चाहिन्छ, मृत्युदण्ड !” एउटा लेख आयो।
“सोझै गोली ठोक्ने !” कसैको सुझाव।
“कल्पनातीत दण्ड, सही कर्म !” पाको, गाउँले।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x