साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसो र लड्डुको लीला

मुसो पस्यो भण्डारमा, लड्डु खायो पूरै, बिरालो त सुतिरहेछ उडाई 'भिटो' कुरै ! खेतबारी बाँझै राख्यौ, गफले गाउँ भर्यौ, श्रम गर्ने पसिनालाई अत्तरले नै छर्‍यौ ।

Nepal Telecom ad

​नन्दलाल आचार्य :

हे राम ! कस्तो अचम्मको छ यो कलिजुगको मेला,
साँढे चढ्ने शिवजीलाई स्कुटरको झमेला !
चिनीभन्दा गुलियो छ यहाँ स्वार्थको चास्नी,
लौ न प्रभु ! कता हरायो हाम्रो मनको बास्नी ?
​
आँगनमा तुलसी छ, मनमा भने काँडा,
सम्बन्धका डोरीहरू भए साह्रै टाढा ।
पल्लो घरको ऐनामा आफ्नो अनुहार हेर्छौँ,
सत्य बोल्ने ओठलाई झूटको रङले फेर्छौँ ।
चराले त गुड बनायो परालको त्यान्द्राले,
मान्छे यहाँ घर खोज्दैछ फेसबुकको झ्यालैले !
​
खल्तीमा छ मोबाइल, ओछ्यानमा छ चिन्ता,
भित्ताभरि सजिएका छन् कागजी निश्चिन्तता ।
मुसो पस्यो भण्डारमा, लड्डु खायो पूरै,
बिरालो त सुतिरहेछ उडाई ‘भिटो’ कुरै !
खेतबारी बाँझै राख्यौ, गफले गाउँ भर्यौ,
श्रम गर्ने पसिनालाई अत्तरले नै छर्‍यौ ।
​
बोटै मरेपछि कहाँ पाइएला र मीठो फल ?
स्वार्थको यो डढेलोमा नखोजौँ है शीतल जल ।
मन्दिर धाउनु पर्दैन, मनलाई सफा राखौँ,
अरूको आँसु पुछेर मात्र हाँसोको स्वाद चाखौँ ।
ढोँगको यो टोपी फुकाली, प्रेमको माला गाँसूँ,
दुःखलाई पनि हँसाएर जीवनसँगै नाचूँ !
​
हे राम ! कस्तो अचम्मको छ यो कलिजुगको मेला,
जागौँ अब बेलैमा, नहोस् है अब ढिला !

०००
२०८२ चैत १ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x