साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्तको पहिचान

उस्तै आय, उमेर, शील, रुचिको व्यापार सम्मेलन । बूढा, बाल, युवा समान वयका क्यै मिल्दछन् स्पन्दन । बेग्लै हुन्छ स्वभाव भिन्न मन छन् मोती कुनै पत्थर । जस्को चित्त उदार हुन्छ कमलो, त्यो मित्र हो सुन्दर ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

को आफन्त, पराइ चिन्न सजिलो हेरे बुझे आखर ।
उस्तै धड्कन हुन्छ इष्ट मनमा बैरी हुने दुच्छर ।
साट्छन् हर्ष-विषाद इष्टजनले आपत् विपत्मा भर ।
जन्ती बन्छ, मलाम जान्न सुखको साथी हरो, ओखर ।१।

स्वार्थी गर्छ हतार साखिल हुने चोचो र मोचो बुनी ।
धुत्छन् आँत पटाउँदै मतलबी ओझेल पर्छन् खुनी ।
जो आफन्त छ दिन्छ साथ जहिल्यै खोज्दैन पैंचो गुन ।
छायाँ बन्दछ इष्ट, दुष्ट फिँज हो, चायाँ दिने साबुन ।२।

नाताले गनिँदैन इष्ट उसको, बेहोर चुत्थो भए ।
मामा कंस र कृष्ण भानिज थिए बैरी हमेशा रहे ।
जुध्छन् आपसमा दिदी र बहिनी सौता बने कर्ममा ।
बाँड्छन् गास मिले मिजास बटुवा, छोयो भने मर्ममा ।३।

अर्काको लिन खोज्छ खालि जसको, गिर्दैन थोपो थुक ।
आफ्नै देख्छ अभाव सापट सियो सार्दैन मख्खीचुस ।
जस्को सन्दुस-भित्र टन्न सुनमा लाग्दैछ होला घुन ।
लोभी इष्ट पुकार गर्छ अरुको बेसार सित्रै नुन ।४।

उस्तै आय, उमेर, शील, रुचिको व्यापार सम्मेलन ।
बूढा, बाल, युवा समान वयका क्यै मिल्दछन् स्पन्दन ।
बेग्लै हुन्छ स्वभाव भिन्न मन छन् मोती कुनै पत्थर ।
जस्को चित्त उदार हुन्छ कमलो, त्यो मित्र हो सुन्दर ।५।

ज्यादै धूर्त स्वभाव हुन्छ कतिको छाँट्छन् हितैषीपन ।
आफन्ती र सखेत देखलसितै आफन्त हुन्नन् मन ।
जस्ले हाल्दछ काँध, बस्छ कुरुवा, नारीसँगै गर्धन ।
छुट्टिन्नन् प्रिय मित्र दुःख सुखमा, हुन्छन् सफा कञ्चन ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x