साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झटाराहरू सोझियून् लक्ष्यतर्फ

मसीमा छ हाँसो सँगै बग्छ आँसु बढेका बढ्यै छन् बडेमा पिपासु चलेका चल्यै छन् छलीका कुतर्क झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

सबै फेरियो भन्दछन् फेरिएन
अरू फेरिएझैँ मियो फेरिएन
ढुसी स्वार्थको भित्र बढ्दो छ बर्फ
झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

अझै युग्म उल्टा धकेल्ने कुरा छन्
छुरातुल्य लाग्ने कुरा बेसुरा छन्
पुरून् लेखनीले ठुला धार गर्त
झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

सिँगारी गधा चट्ट गाई बनाए
कुही आज सर्वत्र आफैँ गनाए
कुरा सत्य खोल्ने घुमून् तीव्र चर्खा
झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

मसीमा छ हाँसो सँगै बग्छ आँसु
बढेका बढ्यै छन् बडेमा पिपासु
चलेका चल्यै छन् छलीका कुतर्क
झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

सबैका कथाभित्र लुक्छन् बिहाल
यहाँ चाहिएको छ आँधी विशाल
कला दाहिने भै बनाऊन् सतर्क
झटाराहरू सोझियून् लक्ष्यतर्फ ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो

मिलेमतो

डा. खगेन्द्रप्रसाद दाहाल
0
Would love your thoughts, please comment.x
()
x