डा. खगेन्द्रप्रसाद दाहालदेशको सान ढल्ला
कौवाका छन् हाँच केही बकुल्ला आफैँ आफैँ ठानिएका तिखुल्ला सुन्ने कोही हुन्न उत्कृष्ट सल्ला माखो मार्ने छैन मात्रै छ हल्ला ॥

डा. खगेन्द्रप्रसाद दाहाल :
बाह्रै मैह्ना चल्छ बेजोड हल्ला
तानातानीबाट चर्किन्छ गल्ला
जस्तै फेरौँ भित्र फेरिन्न पल्ला
खोस्टाजस्तै छन् सुकेका मुहल्ला ॥
सोझा बोली लाग्दछन् शुष्क खल्ला
द्यौता बन्छन् दुर्मुखा छुद्र झल्ला
साँचो बोल्ने हुन्छ सर्वत्र गिल्ला
ठग्ने मात्रै छन् यहाँ पुष्ट चिल्ला ॥
टाठोबाठो स्वार्थमा फेर्छ किल्ला
केही गर्ने आँटिलो हुन्छ हिल्ला
स्रष्टा द्रष्टा पर्दछन् खालि जिल्ल
यस्तो पारा देख्छु के काम चल्ला ॥
कौवाका छन् हाँच केही बकुल्ला
आफैँ आफैँ ठानिएका तिखुल्ला
सुन्ने कोही हुन्न उत्कृष्ट सल्ला
माखो मार्ने छैन मात्रै छ हल्ला ॥
मौका यस्तो फेरि मिल्ला नमिल्ला
भन्दै हाब्रो खोल्न थाल्छन् हबुल्ला
सुँघ्दै हिँड्छन् लप्लपाई जिबुल्ला
हौसे यस्ता देशको सान ढल्ला ॥
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































