साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोतल

बोतल त आजको दिनमा कति काम लाग्छ । दूध बोक्नु, पानी बोक्नु, तेल बोक्नु तर यसको अर्थ किन होला रक्सी जस्तो कुरामा गएर अडेको होला ।

Nepal Telecom ad

कृष्ण शर्मा ‘सुमु’ :

आज बोतलको राम कहानी सुनाउनु आएँ । कहानीभन्दा कता कता भूलचुक हुन सक्छ । फेरि सोच्नु होला बोतल चढाएर आयो यो मान्छे भनेर । तर हजुरले सोचेको बोतलदेखि अलिकति टाढा नि बसेको छु र सास फेर्नु पाएको छु न’भा त कतिजना माथि पुगिसकेको इतिहास भन्नुपर्छ जस्तो लाग्दैन ।

ए म त कति राम्रो बोतल विषयमा कुरा गरौँला भनेको त कता भट्टी पसलतिर पो झण्डै पुर्‍याइनरहेछु । आखिर बोतल भन्ने बित्तिकै आँखामा नकारात्मक प्रभाव पर्नु मान्छे भन्ने प्राणीका स्वभाव नि हो ।

बोतल अब नानीहरूलाई दूध पिलाउनुका लागि पनि हामी प्रयोग गर्छौँ तर बोतल भन्ने बित्तिकै खाली खोये बिर्केमा जाने कुराले कहिले कहिले पानीबाट निकालेको माछा जस्तो अत्तालिनु थाल्छु र नि ।

अब हेर्नु न ‘जल हि जीवन है’ भनेर बोक्ने खाने पानी पनि आजकल बजारमा बोतलमा नि पाउँछ तर बोतल भन्ने बित्तिकै खै के भएको ध्यान चैं आखिर तीते ओखतीमा नि जान्छ, किन होला ?

अब बिमार हुँदा दबाई (ओखती) पनि कति राम्रो बुट्टा भरेको सुन्दर बक्सासहितको दाम जतिसुकै भए पनि आखिर बोतलमा हुन्छ तर यो ध्यान चैं किन खाली पहलवान हुने त्यो सोचमा गएको होला भनेर किन मनले नसोचेको होला ?

अब अरू त हस्पिटल (चिकित्सालय) मा पनि सलाइन पानी बोतलमा नि हुन्थ्यो त हौ ? हाम्रो प्राण बचाउने त्यो औषधि पाउँछ भनेर किन मनले नसोचेको होला ?

बोतल त आजको दिनमा कति काम लाग्छ । दूध बोक्नु, पानी बोक्नु, तेल बोक्नु तर यसको अर्थ किन होला रक्सी जस्तो कुरामा गएर अडेको होला ।

अब कथा बुझ्नुभयो होला तर जहिले बदनाम भएको बोतलको आत्मकथा देखेर भन्न आएँ, यदि हजुरलाई पनि बोतलको कथा याद भए भन्नुहोला।

०००
सिलगढी
‘झरीच्याउ’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x