सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिलेमतो (२)

दिशा अनेक छन् यहाँ अनेकतर्फ फर्किने नमिल्नु स्वार्थ हो सदा र झर्किने ततर्किने गुदी मिले सबै दिशा फनक्क फिर्न सक्दछन् प्रपञ्चपूर्ण बोलको खगोल भिर्न सक्दछन् ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

विचार उम्रिने गरा सिँचाइ शून्यझैँ भयो
विचारका मुना सुकी त्यसै त्यसै पहेँलियो
विचारदेखि दूर छन् विचारका जराहरू
जताततै बरालिए विचारका सुराहरू ॥

रटी बिहानका कुरा रजाइँ गर्छ रातले
प्रभावले प्रताडना सह्यो सधैँ प्रभातले
छ छद्मभेष रातको हटाउँदै छ जुन्किरी
घुसी बिगार्छ मेघले दिवा प्रभा घरीघरी ॥

छ स्वार्थको मियो खडा मिलेमतो गराउने
सिँढी अकल्पनीयमा घरीघरी चढाउने
डकैतको बचाउमा डकैत साधुझैँ भयो
खराब नै फरार छन् र सन्त जेलमा गयो ॥

दिशा अनेक छन् यहाँ अनेकतर्फ फर्किने
नमिल्नु स्वार्थ हो सदा र झर्किने ततर्किने
गुदी मिले सबै दिशा फनक्क फिर्न सक्दछन्
प्रपञ्चपूर्ण बोलको खगोल भिर्न सक्दछन् ॥

छ आज हो यसै गरी मिलेमतो भँडारमा
बनेर फुट्छ खेल भो र अर्थ छैन सारमा
सशक्त शक्ति देशको हराउँदै छ बाहिर
बुझेर लेखनी अझै उचालियोस् उँभोतिर ॥

०००
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिलेमतो

मिलेमतो

डा. खगेन्द्रप्रसाद दाहाल
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल
सोचेजस्तो जिन्दगी हुन्न

सोचेजस्तो जिन्दगी हुन्न

डा. खगेन्द्रप्रसाद दाहाल
जुठेल्नोका भाँडा

जुठेल्नोका भाँडा

डा. खगेन्द्रप्रसाद दाहाल
अलमलका कुरा

अलमलका कुरा

डा. खगेन्द्रप्रसाद दाहाल
चिन्नैपर्छ विषाक्त मानिस

चिन्नैपर्छ विषाक्त मानिस

डा. खगेन्द्रप्रसाद दाहाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल