साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृतघ्न

पूजा कोठामा उनले साँझबत्ती बाले । हावाले निभाउँछ कि भनि दुवै हातले छेके । दियोको आगोले पोल्यो । श्रीधरले मनमनै गुने, “हात पनि त्यही दियोले पोल्यो जुन दियोलाई हावादेखि बचाउन लाखौँ प्रयास गरेँथेँ ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“बाबा ! के गर्ने हो तुरुन्त भन्नुहोस्” अन्जलाले भनिन् ।
श्रीधर अन्यमनस्क भए । उनी मनमनै सोच्छन् “आफ्नी छोरी आज आफैँलाई धम्की दिइरहेकी छे । बसुन्धरा ओछ्यान परेको बिसौँ वर्ष भइसक्यो ।”
“नबोलेर टार्न खोज्नुभएको हो ?” अन्जनाले ध्यान आकृष्ट गरि ।

तर पनि कल्पनामा उनी डुबिरहे “दवाइपानी, भातभान्सा आफैँ गरेको छु । आफ्नो उमेरले चार कोरी भेट्न आँट्यो । पाँच वटा सन्तान भए पनि घरमा जोईपोइ मात्र छौँ । छोराछोरीलाई हाम्रो चिन्ता छैन ।”
अन्जनाले भनि “काठमाडौंमा घर बनाउन मलाई पैसा चाहियो । नदिएमा कानुनको सहारा भए पनि लिन्छु ।”

टुलुटुलु हेरिरहेकी बसुन्धरा बोल्न के खोज्दै थिइन् “चुपचाप बसेर समस्याको समाधान हुँदैन बाबा । मलाई निर्णय चाहियो“ छोरीले अझ धम्कीपुर्ण भाषामा बोलिन् ।
पूजा कोठामा उनले साँझबत्ती बाले । हावाले निभाउँछ कि भनि दुवै हातले छेके । दियोको आगोले पोल्यो । श्रीधरले मनमनै गुने, “हात पनि त्यही दियोले पोल्यो जुन दियोलाई हावादेखि बचाउन लाखौँ प्रयास गरेँथेँ ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
sharadadahal
sharadadahal
1 year ago

आहा!आफैंले पालेको कुकुरले टोक्छ भने झैँ !
मार्मिक लघुकथा!!

Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x