श्रीप्रसाद पाेखरेलकृतघ्न
पूजा कोठामा उनले साँझबत्ती बाले । हावाले निभाउँछ कि भनि दुवै हातले छेके । दियोको आगोले पोल्यो । श्रीधरले मनमनै गुने, “हात पनि त्यही दियोले पोल्यो जुन दियोलाई हावादेखि बचाउन लाखौँ प्रयास गरेँथेँ ।”

श्रीप्रसाद पोखरेल :
“बाबा ! के गर्ने हो तुरुन्त भन्नुहोस्” अन्जलाले भनिन् ।
श्रीधर अन्यमनस्क भए । उनी मनमनै सोच्छन् “आफ्नी छोरी आज आफैँलाई धम्की दिइरहेकी छे । बसुन्धरा ओछ्यान परेको बिसौँ वर्ष भइसक्यो ।”
“नबोलेर टार्न खोज्नुभएको हो ?” अन्जनाले ध्यान आकृष्ट गरि ।
तर पनि कल्पनामा उनी डुबिरहे “दवाइपानी, भातभान्सा आफैँ गरेको छु । आफ्नो उमेरले चार कोरी भेट्न आँट्यो । पाँच वटा सन्तान भए पनि घरमा जोईपोइ मात्र छौँ । छोराछोरीलाई हाम्रो चिन्ता छैन ।”
अन्जनाले भनि “काठमाडौंमा घर बनाउन मलाई पैसा चाहियो । नदिएमा कानुनको सहारा भए पनि लिन्छु ।”
टुलुटुलु हेरिरहेकी बसुन्धरा बोल्न के खोज्दै थिइन् “चुपचाप बसेर समस्याको समाधान हुँदैन बाबा । मलाई निर्णय चाहियो“ छोरीले अझ धम्कीपुर्ण भाषामा बोलिन् ।
पूजा कोठामा उनले साँझबत्ती बाले । हावाले निभाउँछ कि भनि दुवै हातले छेके । दियोको आगोले पोल्यो । श्रीधरले मनमनै गुने, “हात पनि त्यही दियोले पोल्यो जुन दियोलाई हावादेखि बचाउन लाखौँ प्रयास गरेँथेँ ।”
०००
इटहरी, सुनसरी

आहा!आफैंले पालेको कुकुरले टोक्छ भने झैँ !
मार्मिक लघुकथा!!