साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा काव्यांश (१०)

हिँड्दा दुष्कर्म त्यागी अनियम अरिले पेल्न सक्दैन बोक्नू। आफ्नोे कर्तव्य सङ्लो नियम डगरमा गर्वका साथ पोख्नू ॥ गल्नेछन् दुष्ट वैरी हृदयतल सफा हुन्छ आफ्नो विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पल्टन्छन् पत्र पढ्ने मनन मन गरोस् वृद्धका दिव्य कर्म।
पुज्नै पर्नेछ मैले सुर बुध जन हुन् ज्येष्ठता कृत्य मर्म ॥
आनाकानी गरेमा सुर बुध जनको रुन्छ आत्मा बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४६॥

राखे सद्भाव मैले सुर बुध जनमा ज्येष्ठता मान जम्छ ।
बन्दै धर्ती विवेकी असल पथ चुनी कर्म पस्केर रम्छ ॥
फ्याँकौँ जे छन् अमिल्दा अनियम मनमा दुष्टता हुन् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४७॥

राम्रो बाटो सुमान्छे खुद चयन गरी हिँड्दछन् शिष्टतामा ।
बाङ्गो रोज्छन् कुमान्छे कुपथ प्रिय गुनी दुख्दछन् दुष्टतामा ॥
उम्दा चोला छ हाम्रो छलकपट नहुन् स्वच्छ आभा उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४८॥

हिँड्दा दुष्कर्म त्यागी अनियम अरिले पेल्न सक्दैन बोक्नू।
आफ्नोे कर्तव्य सङ्लो नियम डगरमा गर्वका साथ पोख्नू ॥
गल्नेछन् दुष्ट वैरी हृदयतल सफा हुन्छ आफ्नो विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४९॥

होचा अग्ला अमिल्दा हृदयतलविषे चेत छानेर फ्याँकोस् ।
छातीमा नित्य डस्ने खलरिपु जति छन् मास्न सायुज्य डाकोस्॥
आओआओ युवा हो युगपथ दगुरौँ कर्मका हौँ पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥५०॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x