सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चारो

पुरस्कारको लोभ देखाएर ब्ल्याक मेल गर्नु खोज्ने यी मूला साहित्यकार पनि चारोको तिर्सनामा छटपटिरहेको देखेँ । छक्क परेँ । सोँचे अब पुरस्कार वा सम्मानको निम्ति पनि चारो खुवाउने पर्ने ?

Nepal Telecom ad

नगिता लेप्चा राई :

चारो शब्दको अर्थ हुन्छ, पशुपक्षीलाई खुवाइने दाना, आहारा, चारा ।

सानामा हजूरबाले एकाबिहानै झण्डै पाँच-छ किलो गहुँ आँगनभरि छरिदिन्थे । गन्न नसकिने परेवाहरू आई आँ गनभरि छरिएका गहुँका दानाहरू टापाक टिपिक पारिदिन्थे । कहिलेकाहीँ हजूरबा विसञ्चो हुँदा ओछ्यानबाट बिहानै कराउँथे, एई केटी हो…जा जा परेवालाई चारो छरिदे । जाडाेको समयमा एकाबिहानै उठ्नु कस्तो गाह्रो लाग्ने । तर हजूरबाको कठोर आदेश पालन गर्नैपर्थ्यो र मन नपरी नपरी निँद्रा त्यागेर परेवालाई आँगनभरि गहुँ छरिदिनुपर्थ्यो ।

परेवालाई मात्र होइन घरमा पालेको कुखुरा, खसी, खरायो, गाई, भैँसी सबै जन्तुलाई बिहान बेलुकी चारो हालिदिने ड्यूटी हजूरबाले हामी एक एकजना दिदी बहिनीलाई जिम्मेवारी दिएका थिए । मैले मेरो बाल्यकालदेखिने चारो भन्ने कुरा पशुले मात्र खान्छन् भन्ने कुरा मेरो गिदीभित्रै गाडिएको थियो । उमेर बढ्दै गयो । संसार बुझ्न थालेँ । राजनीतिको कुरा पनि बुझेँ । समाजको स्थिति परिस्थिति पनि बुझेँ । यो चारो भन्ने कुरो पशुले मात्र होइन मान्छेले पनि खान्छन् भन्ने कुरो त्यतिबेला स्पष्टै बुझेँ जब विहारका तत्कालीन मुख्य मन्त्रीले पशुको चारोको निम्ति अनुमोदन भएका राशि नै काप्लाक काप्लुक पारेछन् भन्ने कुरा सुन्दा अब चारो पशुले मात्र होइन मान्छेले पनि खान्छन् भन्ने कुरो प्रमाणित भयो ।

हिजोआज सरकारी कार्यालय, प्रशासनतिर पनि चारो नखाइ काम नगर्नेहरूको सङ्ख्या नै बढ्दो देखिन्छ । बूढा पाका भन्थे, आफ्नो काम बनाउनु छ भने, हाकिमलाई चारो खुवाइदेऊ न… तिम्रो जस्तै गाह्रो काम पनि फत्ते हुन्छ ।

साँच्चै हिजोआज चारो खुवाउने र चारो खाने परम्पराले मुलुक मारेको छ । चारो पशुप्राणीको मात्र आहार होइन हिजोआज चारो राजनीतिदेखि लिएर सामाजिक, सामाजिकदेखि लिएर सांस्कृतिक क्षेत्र, सांस्कृतिक क्षेत्रदेखि लिएर शैक्षिक, प्रशासनिकसम्म पुगेको छ । चारोबिना वरको सिन्का पर सर्दैन । वाह ! चारो । चारोको महिमा अपरम्पार छ । हिजोआज गाइँगुइँ सन्न थालेकी छु, यो चारो पशुदेखि सरुवा भएर राजनैतिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रदेखि बरुवा भएर हिजोआज साहित्यतिर पनि बामे सर्न थालेको सुनिन्छ । साहित्यको कुन क्षेत्रमा चारोले धलिमलि गर्न थालिसकेको छ यसबारे अनुसन्धान भइरहेको भए पनि हिजोआज सम्मान, पुरस्कार प्रदानतिर पनि चारोले गतिलो काम गर्न थालेको छ भन्ने गाइँगुइँ सुनिँदैछ यो साहित्यिक बजारमा । हिजोआज प्रदान गरिने सम्मान र पुरस्कार प्रदानमा निष्पक्षता हुँदै होइन भन्ने अग्रजहरू दाबी गर्न थालेका छन् । हिजोआज प्रदान गरिने राष्ट्रिय पुरस्कारसमेतमा पक्षपातीको बात नलागेको होइन ।

कुनै कुनै संस्थाले पुरस्कारको निम्ति तीन-तीन प्रति पुस्तक माग्छन् । डाक खर्च गरी महङ्गो पुस्तक पठाउँछन् पुरस्कारको निम्ति । तर कहिल्यै नसुनेका नाम, साहित्यमा भर्खर भर्खर देखा परेका नौलो अनुहारले पुरस्कार प्रदान गरिने देशानै चलेको छ । कुनै एकजना निणर्ायक महोदयले त मलाई म्यासेञ्जरमा लेखे पनि, बहिनी हुन त भन्नु नहुने कुरो, तर पनि आफ्नै सम्झेर निहालेँ, कसैलाई हल्ला नगर्नुहोला… फलानु पुरस्कारको निम्ति मैले तपाईंको पुस्तकको नाम सिफारिस गरिदिएको छु ल । अनि जुरीमा हुने एक दुई जना साथीले पनि तपाईंकै नाम सिफारिश गरिदिने अनुरोध गर्छु… तर बहिनीले मसित डिनर गर्नुपर्छ ।

छक्क परेँ म यो मूला जुरी साहित्यकारको कुरा सुनेर । लाज लाज लाग्यो । घिनघिन लाग्यो । सामान्य पुरस्कार वा सम्मानको निम्ति नाथे मूला साहित्यकारसित डिनर गर्नु मैले ? चिन्नु न जान्नु (फेसबुकमा मात्र चिनेको) सित के भनेर कुन मुखले डिनर गर्नु ? एकदिन डिनर भन्ला, कुनै दिन पोखरा जुम् भन्ला, उतै बसुँ भन्ला । अचम्म लाग्यो । नाथे पुरस्कारको निम्ति यो मुलालाई चारोको रुपमा डिनर गर्नुपर्ने । सोँचेँ, मलाई मात्र होइन यो मूलाले मजस्तै अरु कतिजनालाई पुरस्कार दिने लोभ देखाएर डिनर गरुँ भनिसके होला, कति जनालाई पोखरा जुम् भनिसके होला भन्ने प्रश्नले मलाई कोपरिरह्यो ।

पुरस्कारको लोभ देखाएर ब्ल्याक मेल गर्नु खोज्ने यी मूला साहित्यकार पनि चारोको तिर्सनामा छटपटिरहेको देखेँ । छक्क परेँ । सोँचे अब पुरस्कार वा सम्मानको निम्ति पनि चारो खुवाउने पर्ने ?

रातभरि निँद्रा परेन । हिजोआज जताततै प्रदान गरिने सम्मान, पुरस्कार तथा मायाको चिनोमा पनि चारोको करामति परेको होला । के सम्मान, पुरस्कार तथा मायाको चिनोको निम्ति अब हामी सिकारु साहित्यकारले तथाकथित महान साहित्यकारले कति चारो खान माग्दा हुन् ? वा कतिलाई चारो खुवाउनु पर्ला हो हे भगवान् ?

०००
सिलगढी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई...

नगिता लेप्चा राई
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई
झोला

झोला

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x