साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीजको व्यङ्ग्य गीत

अनेक वाद व्यवस्था नेपालमा आएसी पराइको संस्कार शिक्षा पढ्न पाएसी यसैगरी विकास हुन्छ आधुनिक सभ्यता आफ्नो पन जलाउँदै पारी शून्यता ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

तिज आयो हामीलाई अनेक फूर्ती गर्ने हो
जेठैदेखि दर खान हामीलाई पर्ने भो
पालो पालो गरिगरी यसको उसको घरमा
रक्सी मासु सबै पर्छन आजकाल दरमा ।

राम्रा राम्रा कपडा र गहनाले सजिन्छौँ
घरका मान्छेसँग भने सधैँ झर्किन्छौँ
सापट खोजी ऋण गरि राम्रै हुनु परेको
यो ऋण सापट तिर्न हाम्ले छैन परेको ।

सासुलाई मान्ने हैनौ ससुरालाई गन्दैनौँ
बूढो पर्नेलाई त झन आफ्नो मान्दैनौँ
सबै चिज चाहिने हाम्लाई घर धन सम्पत्ति
बरू हाम्लाई पर्‍या छैन हुन दम्पति ।

हाम्रै कुरा लाग्नु पर्छ घरमा होस कि काममा
नत्र अनेक बेइज्जत गर्छौं तिनका नाममा
आधुनिक नारी हामी मेलापात गर्दैनौँ
खान लाउन राम्रै चाहिन्छ काम हेर्दैनौँ ।

मोबाइलमा व्यस्त बन्छौँ खानेकुरा डढिरोस्
स्कुल बच्चा पुर्‍याउँछौं जे त पढिरोस्
अझै हाम्लाई पुग्या छैन अधिकार लिनलाई
नेपालको सँस्कार पूरै छिनाइदिनलाई ।

जहाँ जाउँ जे गरुँ कोहि वास्ता नगर
सत्यकुरा गर्‍यौ भने पुग्छौ बगर
जस्तो फेसन गरेपनि कसलाई केको जर्ति हो
जहाँबसुँ जे जे गरुँ आफ्नै मर्जी हो ।

सोझालाई सरापेर करापेर गरुँकी
बाङ्गासित बिनालाज माया जोरुँकी
देशका नेता जस्तो गर्छन हामी त्यस्तै गर्ने हो
जो भेटे नि सोझा सिधा जिउँदै मार्ने हो ।

नबुझ्नेलाई लक्ष्मी र महादेवी हौँ हामी
बुझी सत्य बोल्नेलाई काल हौँ हामी
सानैदेखि हामीलाई ढोगे बाउआमा दाजुले
त्यैभएर पुरुष राक्षस मान्छौँ हामीले ।

चरित्रको च समेत जान्नु हाम्लाई पर्दैन
कहाँपुग्यो जमाना बुझ्नु पर्दैन
खोक्योभने पुरुषले ठोक्यो कानून मान्दछ
अनेक सँस्था त्यसमा नै काँध हाल्दछ ।

यति विधि हुँदा पुरुष चुप भै बस्छन् बिचरा
मौका यै हो नारी यिनलाई चिथर निचोर
नियम कानून बनेकाछन यस्तै छुट दिएर
हाँस्दै जिउँछौं ति सोझाको आँसु पिएर ।

काम सँस्कार हाम्लाई होइन सब सुविधा चाहिन्छ
घरकी राक्षस बाहिर देवी लक्ष्मी भइन्छ
यतिकुरा नभएमा नारी जुलुस उठ्ने छ
डलरबादको इशारामा समाज भुट्ने छ ।

मुद्दा लाउँछौं नाटक गरि खेलाडी नि छानेर
बस सबै सति सावित्री हाम्लाई ठानेर
भ्रष्टाचार नि गर्छौं हामी कतै अन्त गैदिन्छौँ
विदेशिको बलछलमा मन्त्री भैदिन्छौँ ।

केमा कम छौँ लोग्नेलाई भ्रष्ट बन्न लगाउँछौँ
जेलमा गए उहीँ जान्छ हामी अघाउँछौँ
विदेश गइ पठाएको श्रीसम्पत्ति बोकेर
आउँदा घर रित्तै पार्छौँ टाप ठोकेर ।

साह्रै महान् यो महात्म्य कसैले नि गाएन
हाम्रो मन बुझ्ने गित कतै भएन
त्यसैले त बनाएको घिचको गीत कथेर
यो पाटो नि बाहिर आओस भन्दै रचेर ।

अनेक वाद व्यवस्था नेपालमा आएसी
पराइको संस्कार शिक्षा पढ्न पाएसी
यसैगरी विकास हुन्छ आधुनिक सभ्यता
आफ्नो पन जलाउँदै पारी शून्यता ।

यसमा गर्व गर्ने पनि समाजमा छैन र
तिनको गित कहिल्यै नि गाउने हैन र
तिजलाई घिच बनाई मनाउँदै आका छौँ
यस्तो असल आधुनिक र शिक्षित भाका छौँ ।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
चिन्तनेश्वर
चिन्तनेश्वर
2 years ago

गजब !!!

Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x