रामकृष्ण ढकालतीजको व्यङ्ग्य गीत
अनेक वाद व्यवस्था नेपालमा आएसी पराइको संस्कार शिक्षा पढ्न पाएसी यसैगरी विकास हुन्छ आधुनिक सभ्यता आफ्नो पन जलाउँदै पारी शून्यता ।

रामकृष्ण ढकाल :
तिज आयो हामीलाई अनेक फूर्ती गर्ने हो
जेठैदेखि दर खान हामीलाई पर्ने भो
पालो पालो गरिगरी यसको उसको घरमा
रक्सी मासु सबै पर्छन आजकाल दरमा ।
राम्रा राम्रा कपडा र गहनाले सजिन्छौँ
घरका मान्छेसँग भने सधैँ झर्किन्छौँ
सापट खोजी ऋण गरि राम्रै हुनु परेको
यो ऋण सापट तिर्न हाम्ले छैन परेको ।
सासुलाई मान्ने हैनौ ससुरालाई गन्दैनौँ
बूढो पर्नेलाई त झन आफ्नो मान्दैनौँ
सबै चिज चाहिने हाम्लाई घर धन सम्पत्ति
बरू हाम्लाई पर्या छैन हुन दम्पति ।
हाम्रै कुरा लाग्नु पर्छ घरमा होस कि काममा
नत्र अनेक बेइज्जत गर्छौं तिनका नाममा
आधुनिक नारी हामी मेलापात गर्दैनौँ
खान लाउन राम्रै चाहिन्छ काम हेर्दैनौँ ।
मोबाइलमा व्यस्त बन्छौँ खानेकुरा डढिरोस्
स्कुल बच्चा पुर्याउँछौं जे त पढिरोस्
अझै हाम्लाई पुग्या छैन अधिकार लिनलाई
नेपालको सँस्कार पूरै छिनाइदिनलाई ।
जहाँ जाउँ जे गरुँ कोहि वास्ता नगर
सत्यकुरा गर्यौ भने पुग्छौ बगर
जस्तो फेसन गरेपनि कसलाई केको जर्ति हो
जहाँबसुँ जे जे गरुँ आफ्नै मर्जी हो ।
सोझालाई सरापेर करापेर गरुँकी
बाङ्गासित बिनालाज माया जोरुँकी
देशका नेता जस्तो गर्छन हामी त्यस्तै गर्ने हो
जो भेटे नि सोझा सिधा जिउँदै मार्ने हो ।
नबुझ्नेलाई लक्ष्मी र महादेवी हौँ हामी
बुझी सत्य बोल्नेलाई काल हौँ हामी
सानैदेखि हामीलाई ढोगे बाउआमा दाजुले
त्यैभएर पुरुष राक्षस मान्छौँ हामीले ।
चरित्रको च समेत जान्नु हाम्लाई पर्दैन
कहाँपुग्यो जमाना बुझ्नु पर्दैन
खोक्योभने पुरुषले ठोक्यो कानून मान्दछ
अनेक सँस्था त्यसमा नै काँध हाल्दछ ।
यति विधि हुँदा पुरुष चुप भै बस्छन् बिचरा
मौका यै हो नारी यिनलाई चिथर निचोर
नियम कानून बनेकाछन यस्तै छुट दिएर
हाँस्दै जिउँछौं ति सोझाको आँसु पिएर ।
काम सँस्कार हाम्लाई होइन सब सुविधा चाहिन्छ
घरकी राक्षस बाहिर देवी लक्ष्मी भइन्छ
यतिकुरा नभएमा नारी जुलुस उठ्ने छ
डलरबादको इशारामा समाज भुट्ने छ ।
मुद्दा लाउँछौं नाटक गरि खेलाडी नि छानेर
बस सबै सति सावित्री हाम्लाई ठानेर
भ्रष्टाचार नि गर्छौं हामी कतै अन्त गैदिन्छौँ
विदेशिको बलछलमा मन्त्री भैदिन्छौँ ।
केमा कम छौँ लोग्नेलाई भ्रष्ट बन्न लगाउँछौँ
जेलमा गए उहीँ जान्छ हामी अघाउँछौँ
विदेश गइ पठाएको श्रीसम्पत्ति बोकेर
आउँदा घर रित्तै पार्छौँ टाप ठोकेर ।
साह्रै महान् यो महात्म्य कसैले नि गाएन
हाम्रो मन बुझ्ने गित कतै भएन
त्यसैले त बनाएको घिचको गीत कथेर
यो पाटो नि बाहिर आओस भन्दै रचेर ।
अनेक वाद व्यवस्था नेपालमा आएसी
पराइको संस्कार शिक्षा पढ्न पाएसी
यसैगरी विकास हुन्छ आधुनिक सभ्यता
आफ्नो पन जलाउँदै पारी शून्यता ।
यसमा गर्व गर्ने पनि समाजमा छैन र
तिनको गित कहिल्यै नि गाउने हैन र
तिजलाई घिच बनाई मनाउँदै आका छौँ
यस्तो असल आधुनिक र शिक्षित भाका छौँ ।
०००
चितवन






































गजब !!!