साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर सुसेली मञ्चको प्रथम वार्षिकोत्सव तथा सम्मान अर्पण

सिस्नुपानी नेपाल झापाका संस्थापक एवम् हास्यव्यङ्ग्यकार डम्बर घिमिरेको ८०औं जन्मदिनको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रमकाे अध्यक्षता रामशरण न्यौपाने तथा प्रा.डा. माधवप्रसाद भट्टराई प्रमुख आतिथि हुनुहुन्थ्यो । 

Nepal Telecom ad

भक्तपुर २०८१ असार १ । भक्तपुर सुसेली मञ्चको प्रथम वार्षिकोत्सव तथा सम्मान अर्पण कार्यक्रम ह्वाइट प्यालेस बैंकेट कौशलटार भक्तपुरमा भब्य रूपमा सप्पन्न भयो ।

अध्यक्ष रामशरण न्यौपाने सभापति तथा प्राडा माधवप्रसाद भट्टराई प्रमुख आतिथि हुनुहुन्थ्यो । सिस्नुपानी नेपाल झापाका संस्थापक डम्बर घिमिरेको ८०औं जन्मदिनको सन्दर्भ पारेर आयोजना गरिएको उक्त समारोहका अतिथिहरूमा सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम, सिस्नुपानीका संस्थापक उपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेल , हास्य कलाकार घनश्याम गौतम ,अभियान साहित्यिक कलाकार समाजका अध्यक्ष पशुपति दङ्गाल,राष्ट्रिय सुसेली मञ्च अध्यक्ष दुर्गा अधिकारी भमर्कोटे, साहित्यकार डाक्टर रमेश शुभेच्छु, सिस्नुपानी नेपालका धिरेन्द्र प्रेमर्षि, चक्र दवाडी, हास्य कलाकार सुबोध गौतम, कवि रामनाथ अधिकारी,हास्य कवि डाक्टर बमबहादुर जिताली, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।

कार्यक्रममा चक्रपाणि स्मारक प्रतिष्ठान तथा फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेललाई सम्मान गरिएको उक्त कार्यक्रममा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, शैली साहित्य समाजकी मञ्जुश्री प्रधान, पूर्व सेनानी टङ्कबहादुर बजगाईँ, अग्रज समाज नेपालका अध्यक्ष पवनकुमार पौडेल, जिल्ला अध्यक्ष अमृतबहादुर बुढाथोकी, नेपाल सरकारका पूर्व राष्ट्र सेवक कर्मचारी गोपाल प्रसाद दाहाल, मध्यपुर ठिमी नपा ३ का वडा सदस्य सुरेस न्यौपाने, जेष्ठ नागरिक मिलन चौतारी चा न पा ३ का अध्यक्ष श्रीराम न्यौपाने, गङ्गबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, राष्ट्रिय सुसेली मञ्च सल्लाहकार चन्द्रा न्यौपाने, बयोवृद्व पशुपति घिमिरे, रमेशप्रसाद न्यौपाने,अच्युत घिमिरे, शिव घिमिरे, सिकारु राम, तारा गाउँले, केशवराज भट्ट सागर, ई ब्रजमानसिंह थापा, सुशीला प्रधानाङ्ग, गुणराज पोखरेल, तोयानाथ सुवेदी, दधिराम गेलाल, फणीन्द्र नेपाल, भावकेशर बराल, सुवासचन्द्र ढुङ्गेल, जनसाहित्यिक मञ्च भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिक, साहित्यकार पदम दाहाललगायत अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा कोषाध्यक्ष बी के माकजुले सुसेलीमा पाहुनालाई स्वागत गर्नुभएको कार्यक्रममा कविहरू कल्पना भट्टराई, सुरेसचन्द्र घिमिरे ,विमला ढकाल, सुचिता काफ्ले, कृष्णप्रसाद पौडेल, राधा दुलाल, जानुका रायमाझी, तेजकृष्ण श्रेष्ठ, विश्वनाथ ढुङ्गेल, छन्दविज्ञान निरौला, अनिल पौडेल, सावित्री गेलाल, सालिकराम दाहाल, जानुका गुरागाईं, कविता पोखरेल, थरेन्द्र बराल, चक्र दवाडी, घनश्याम गौतम, ॐ नरहरि श्रेष्ठ, चन्द्रा न्यौपानेले आफ्ना रचना वाचन गर्नुभएको थियोे ।

वाचक मध्य उत्कृष्ट भन्दै मञ्जुश्री प्रधानले कृष्णप्रसाद पौडेललाई नगद १००० पुरस्कार दिनुभएको थियो । मञ्चासिन अतिथिहरूले भक्तपुर सुसेली मञ्च र डम्बर घिमिरेज्यूलाई शुभकामना तथा सम्मानित राममणि ढुङ्गेललाई बधाई ज्ञापन गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै सम्मानित राममणि ढुङ्गेलले आफूले गरेको सानोतिनो सहयोगलाई पनि ठूलो ठानेर आफूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आफूलाई प्राप्त नगद पुरस्कार रासीमा त्यति नै थपेर भक्तपुर सुसेली मञ्चलाई समर्पित गर्ने घोषणा गर्नुभयो ।

यसैगरी भक्तपुर सुसेली मञ्चका हरेक काममा सक्रियता पूर्वक सहयोग गर्ने विश्वनाथ ढुङ्गेललाई प्रमुख अतिथिद्वारा कलम र डायरी प्रदान गरिएको थियोे । आफ्नो मन्तव्यका क्रममा डम्बर घिमिरेले यस्तो उत्साहजनक रूपमा जन्मदिन मनाउन पाउनु अहोभाग्य भएको उल्लेख गर्दै सबै संघ संस्थाका महानुभावलाई म देवी देवता सरह मान्छु भन्नुभयो ।

प्रमुख अतिथि प्राडा माधवप्रसाद भट्टराईले सुसेलीको गाउँले परिवेसको बारेमा प्रस्ट्याउँदै सुसेली मञ्च भक्तपुरको प्रगतिको कामना गर्नुभयो । उहाँले डम्बर घिमिरेको जन्म सन्दर्भमा बोल्दै आफ्नो दाजुको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै आजै सम्मान प्राप्त गर्नुहुने राममणि ढुङ्गेललाई बधाई ज्ञापन गर्नुभएको थियोे ।

कार्यक्रमको अन्त्यमा सभापति रामशरण न्यौपानेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियोे । उक्त कार्यक्रमको समारोह स्थल , खाजा पानी, साउन्ड सिस्टम व्यवस्था ह्वाइट प्यालेस बैंक्वेटका मणि थापाले गर्नुभएको थियोे ।

यसैगरी यो कार्यक्रममा प्रमुख अतिथि माधवप्रसाद भट्टराई, दुर्गा अधिकारी भमर्कोटे दधिराम गेलाल ,गोविन्द घिमिरे वेदमणि चन्द्रा न्यौपाने र टीकाराम गेलालले भक्तपुर सुसेली मञ्चको सदस्यता लिनुभएको थियोे । अग्रज समाज नेपाल लगायतले खादा दोसल्ला र सम्मानपत्रले डम्बर घिमिरेलाइ सम्मान गरिएको थियोे ।

२५० भन्दा ज्यादै दर्शक स्रोताले भरिभराउ रहेको उक्त कार्यक्रम सस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Durga Adhikari Bhamarkote
Durga Adhikari Bhamarkote
1 year ago

जय सुसेली । भव्य कार्यक्रम ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x