लक्ष्मण नेवटियादोसल्ला महान्
परशुरामले सामाजिक अभियन्ता भनि जयरामको काँधमा पुर्यायो जयारामले “विशिष्ट व्यक्तित्व”को उपाधि सहित घनश्यामलाई गालामा अबिर लाउँदै त्यही दोसल्ला ओढायो ।

लक्ष्मण नेवटिया :
ससुरालीबाट उपहार प्राप्त
सस्तो खैरो च्यादर उर्फ दोसल्ला
घनश्यामले रामलाई
टोल समारोहमा भिरायो ।
रामले समाजसेवी हरिरामको
सम्मान समारोहमा
“दानवीर” को उपाधि सहित
उसको काँधमा झुण्ड्याउन भ्यायो ।
हरिरामले फेरि कार्यालयमा
बेकाम भएर अवकाश लिएका
परशुरामको बिदाइका बखत
माला सहित दोसल्ला चढायो ।
परशुरामले सामाजिक अभियन्ता भनि
जयरामको काँधमा पुर्यायो
जयारामले “विशिष्ट व्यक्तित्व”को उपाधि सहित
घनश्यामलाई गालामा
अबिर लाउँदै त्यही दोसल्ला ओढायो ।
घनश्यामको घरबाट
हिँडेको दोसल्ला
कैयौँलाई गरेर सम्मानित
अश्वमेध यज्ञको घोडा झैँ
फेरि घनश्यामकै काँधमा फर्केर आयो ।
तब बल्ल बुद्धि पलायो,
मानिसलाई राख्न चलायमान
दुई सय पर्ने यो दोसल्लाको
मान्नै पर्छ “महान् योगदान” ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































