साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार थाप्ने रहर

यो पुरस्कार थाप्ने सही ठाउँ नपाएकोले आजकल मैले पनि धार्मिक उपदेश लेख्दै फेसबुकमा छोड्ने गरेको छु । समाज सुधारका ती वाणीहरू फोटोमा हाल्दै पोस्ट गरेको छु ।

Nepal Telecom ad

कृष्ण शर्मा ‘सुमु’ :

म यति बिना आहारिसे छु कि कसैले मेरो गुण गाएन भने रिस उठ्छ । रिस उठ्नु मात्रै हो र ? तारिफ गरेको हुनुपर्छ । तारिफ गरेर कसैले तपाईंको नाक राम्रो छ मात्रै भनिदिए पुग्छ । नाकको कुरा आयो कि खै मलाई मेरो नाकसित नै एलर्जी भएको छ कि जस्तो लाग्छ ।

मान्छेले खाली पेट लाग्यो पेट लाग्यो भन्दै गनगन गर्छन् । पेट लगाउनु सजिलो कुरा थोडी छ र ? पेट लगाउनु पनि ऋषि झैँ तपस्या गर्नु पर्छ । मनमा खाउ खाउ लागे पनि बैङ्कबाट सुखो निकाल्नु नखोजेपछि थोडी पेट लाग्छ र ? खानु पर्छ मज्जाले तब पेट लाग्छ। जुका जस्तै हुनुपर्छ चान्स पायो कि फुलिने… !

यो खानु… लगाउनु… तारिफ गर्नु आदि कुराले पुगे पनि हिजोआज मलाई यस्तो रहर पलाएको छ कि खै के भन्नू र ? पुरस्कार थाप्ने रहर… .साँच्चै है यो रहर भन्ने कुरा पनि मलाई त फर्सीको लहरा जस्तै लाग्छ । टुप्पो टिप्यो फेरि मौलाएर अझै निस्किन्छ । सायद हाम्रो मनमा पनि मलको खाडी होला नभए यतिबिना रहर चैँ किन पलाएको होला यो बुढेसकालमा… बुढेसकाल भन्दा त एउटा कुरा पो याद आयो यो फेसबुक आएदेखि एउटा कुरा खुब गम्भीर भएर सोच्ने भएको छु घरको बुढिया त पटक्कै मन पर्नु छोडेको छ । कम्ती राम्ररी राम्ररी फोटो… आहा ! बित्थामा बिहा गरेछु जस्तो पो लाग्छ । ती माथि जसको फोटोमा पनि लाइक गर्नु पाएको छ लव रियाक्ट पठाउँदा हुन्छ । कम सजिलो भएको छ र? घर घर गएर म तिमीलाई लाइक गर्छु भन्नु परेको छैन । नभए त घरमा गएर तिमीलाई लाइक गर्छु भनेर भन्दा नभन्दै चिरुवा दाउराले हानेर ठहरै पारिदिन्छन् ।

यसरी नयाँ नयाँ मान्छे लिस्टमा राखेर विवाह नै गरेको छुइन भनिदिनुपर्छ कि पत्याउनेको लाइन लाग्छ, यसरी घरकोले थाहाँ नपाई गरेको लभ पनि साह्रो दिन चैँ टिक्दैन र मात्रै… तिमी मलाई कति माया गर्छौँ भनेर एउटीले सोधी… घरको बुढियाले थाहा नपाएसम्म भनी पठाएछु त्यही दिन त्यो लभको श्रद्धा गर्नु परेको छ । कम साह्रो छ मान्छे भएर बाँच्नु… तिम्रो कति जाना ना छन् रे… हतार हतार गिफ्ट गन्नु थाले दुई दिन त पुरस्कार गन्नुमा नै गयो । त्यसपछि अब भन्छु भनेर फेसबुक खोलेको त मेरीले ब्लक ठोकि सकिछ ।

यसरी नहुने रहेछ अब चैँ निकै ख्यातिप्राप्त काम गरेर नै नाम कमाउनु पर्छ भनेर निकै सोचे… यता सोचे भएन उता सोचे भएन । समाज सुधार गर्छु भनेर सोचे यसो हिसाब मिलाए यो पेन्सनले भात खानु पुग्दैन कता समाजतिर खर्च गर्नु भनेर निकै दिन सोचेपछि अब जसरी भए पनि पुरस्कार थाप्नु नै पर्छ जस्तो लाग्यो । तेरो बाजेले थापेको पुरस्कार भनेर नातिलाई देखाउदा कस्तो खुसी लाग्छ भनेर तीनदिन तीनरात सोचेपछि अब समाज सुधार गर्दा पैसा खर्च हुने सम्भावनाले लेखक हुन्छु भनेर लेख्न बसे… कसम होला व्याकरण त के विषय के लेख्ने त्यो पनि थाहा नभएर हत्तु भए… सोच्दा सोच्दा कतिदिन सके । यसरी सोचेर मात्रै पुरस्कार आउँछ र ? धेरै सोचे अब समय पनि भएको छ मलामी आउँछ भनेर के सोच्दै थिएँ झसङ्ग भए हैट के सोचेको यस्तो मर्ने कुरा पुरस्कार थाप्ने मान्छेले भनेर फेरि सोच्नु थाले… ।

जीवनमा न मादल बजाउनु आयो न गिटार नै यो ताली मात्रै बजाउनु आउँथ्यो तर सबैसँग मिलाएर बजाउनु खोजेको त घानामा हालेको मकै जस्तो जता पायो उतै बज्दो रहेछ । बुढेसकालमा सिक्छु भनेर नसोचे पनि हुने रहेछ । “समय रहुञ्जेल चै मस्ताना पछि पस्ताना भने जस्तै भएको छ ।”

जे सुकै होस् भनेर भोट छेउमा थियो चुनाव प्रचारमा निस्के । कम से कम पार्टीबाट लगाएको खादा मालाकै भए पनि फोटो बनाउँछु भनेर मञ्चमा बसेको…. खादा माला लगाउनेहरू मेरो छेउमा आएर बाजे माला नै सकियो भन्दा त कम रिस उठेको थियो । तर चुपचाप आफ्नो पुरस्कार थाप्ने रहरलाई मैले तिलाञ्जली दिए ।

यसरी हातमा आएको माछा चिप्ले जस्तै मञ्चबाट भिजेको बिरालो जस्तै भएर निस्के… युवा युवतीलाई हामीले राजनीतिक चान्स दिनुपर्छ भनेर एउटा नेता कराउँदै थियो। म भने नापिस बरु बेकारी बनाउनुपर्छ भन न भन्दै हिँडे… ।

यो पुरस्कार थाप्ने रहर चैँ बुढेसकालमा धेरै हुन्छ कि क्या हो । ड्युटीमा हुँदा त को राम्री छ को छेउमा आएर बोल्छ भन्दै दिन बित्यो… राम्रो ड्युटी गरेको भए त सरकारले पनि के के पुरस्कार दिन्थ्यो नि… बुद्धि नपुगेपछि अहिले पानीबाट निकालेको माछा जस्तै भएको छु ।

ती माथि गाउँमा पुरस्कार थापेर देखाउने रहर छ । नातिलाई भक्कु यहीँ पुरस्कार थापेर प्रवचन दिनुछ । तर यो पुरस्कार थाप्ने सही ठाउँ नपाएकोले आजकल मैले पनि धार्मिक उपदेश लेख्दै फेसबुकमा छोडने गरेको छु । समाज सुधारका ती वाणीहरू फोटोमा हाल्दै पोस्ट गरेको छु । पुरस्कार नपाए पनि म एक सभ्य समाजको प्रतीक बूढो भए पनि ज्ञानकारी भएको छु ।

समयले डाँडा काटेपछि बुद्धि त आयो तर टुङ्गो न फेदको आयो भन्दै आफैँलाई सान्तवना दिँदै मनका व्यथा भनौँ कि शब्दको भारी भनौँ शब्दकोषबाट निकाल्दै पछार्नु थालेको छु । आजकल नव कलमकार भनेर बिस्तारै चिन्नु थालेका छन् । नातिले भिडियो बनाउँदै कविता पोस्ट गरिदिनु थालेको छ । कताकता साहित्यकारको छेउमा उभिनु पाउँदा भविष्यमा मैले पनि पुरस्कार पाउँछु कि भन्दै आशा बोकेको छु ।

०००
मिलन मोड, सिलगढी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x