सुभाषचन्द्र देवकाेटायो सरकार हो
ढाट्नु यसको सिद्धान्त हो । ठगी यसको धन्दा हो । दलाली यसको धर्म हो । घात,अन्तर्घात यसको पेशा हो । दूतावास यसको रगत हो । त्यसैले यो, सरकार हो !

सुभाषचन्द्र देवकोटा :
यो सरकार हो,
किनभने,
यो,
दौरा सरुवाल लगाउँछ ।
हेलिकप्टरमा उड्छ ।
माला र खाँदा लगाउँछ ।
भाषण गर्छ ।
सहिद दिवस मनाउँछ !
ठेकेदार र मालिकहरुसँग मजदुर दिवस मनाउँछ ।
यो सरकार हो,
किनभने,
यो,
कुरा गर्छ, काम गर्दैन ।
दौडन्छ, कहीँ पुग्दैन ।
सुन खान्छ, भात खाँदैन ।
हवाइजहाज खान्छ ।
विकास खान्छ ।
नदी खान्छ,
बालुवा गिटी खान्छ ।
आँखा छ, देख्दैन ।
ज्युदो छ, सास फेर्दैन ।
यो सरकार हो,
किनभने,
यो,
दुम हल्लाएर बोल्छ ।
विदेशी दूतावासहरूमा लम्पसार पर्छ ।
सांसद किन्छ, सांसद बेच्छ ।
पार्टी फोर्छ, पार्टी जोड्छ ।
कुर्सी जोगाउन माहिर छ ।
सुशासनको कुरा गर्छ,
आफै कुम्ल्याउँछ ।
यो सरकार हो
किनभने
यो,
टोपी लगाउँछ ।
महलमा बस्छ ।
विदेश सयर गर्छ ।
काम गर्दैन, धाक लगाउँछ ।
दलाल र ठगहरुसँग कुम जोड्छ ।
साधुलाई छुरी घोप्छ ।
चोरलाई काखी च्याप्छ ।
ढाट्नु यसको सिद्धान्त हो ।
ठगी यसको धन्दा हो ।
दलाली यसको धर्म हो ।
घात,अन्तर्घात यसको पेशा हो ।
दूतावास यसको रगत हो ।
त्यसैले यो,
सरकार हो !
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































