साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कार

आजभोलि छिमेकीहरु टिप्पणी गर्छन् – बूढाबूढीले छोरामा जुन संस्कार रोपे त्यही फल्यो ।

Nepal Telecom ad

डा. रवीन्द्र समीर :

‘सास फेर्ने फुर्सद छैन’ भन्ने थेगो मुखमा झुन्डिए पनि बिहे गरेको वर्ष दिनमा उनीहरुले छोरा जन्माए । पूर्वमा लाली नछाउँदै उनीहरुले पसल खोल्दथे अनि सडकमा भुस्याहा कुकुरको साम्राज्य छाएपछि पसल बन्द गरेर घर फर्किन्थे । धाइआमाहरुको स्याहारसुसारमा बच्चा हुर्किंदै गयो । उनीहरुले बच्चा सुतिरहेको र लम्बाइ बढिरहेको मात्र देख्दथे ।

अत्याधुनिक जीवनशैली, रहनसहन र बोलीव्यवहार । सबैभन्दा बढी भनेको व्यस्तता । र, व्यस्तताले बनाएको थियो यान्त्रिकता । व्यस्त भएकाले जीवन मस्त हुन सकेको थिएन । उनीहरु आफ्नै सन्तानलाई पनि समय दिन भ्याउँदैनन् । सानमान, धर्मकर्म सबै जोगाउनै प¥यो ।

बच्चा तीन वर्षको भएपछि उनीहरुले पहिले शिशु स्याहार केन्द्रमा अनि आवासीय विद्यालयमा भर्ना गरे । महिनामहिनामा फिस तिरे, कपडा किनिदिए, खाजाखर्च दिए । औषधोपचारको बिल तिरे । कुनै कुराको कमी हुन दिएनन् । एउटै कुराको कमी थियो बाबुआमाले दिने समय र वात्सल्य प्रेमको ।

बच्चा जवान हुँदै गयो । उनीहरुको खुद्रा व्यापार थोक व्यापारमा परिणत भयो । छोराको जिद्दीअनुसार नयाँ विषय पढ्न उसलाई विदेश पठाए । पैसाको खाँचो वा गारोसारो परेमा छोराले फोन गर्दथ्यो । उनीहरुलाई त फोन गर्ने फुर्सद पनि थिएन । पढाइ सकेर छोरो घर फर्कियो, बिहे गर्यो, अनि आफ्नो पेसामा लाग्यो ।

बाबुआमा वृद्ध हुँदै गए, उसको व्यस्तता जवान हुँदै गयो । उसले पनि बाबुआमालाई खाने, लगाउने, बस्ने पैसा तिरिदियो । औषधोपचारको बिल तिरिरह्यो । कुनै कुराको कमी हुन दिएन । एउटै कुराको कमी थियो छोराले दिने समयको । माया, सम्मान र हार्दिकताको ।

आजभोलि छिमेकीहरु टिप्पणी गर्छन् – बूढाबूढीले छोरामा जुन संस्कार रोपे त्यही फल्यो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x