साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा छ ?

‘आम्दानीको स्रोत के होला तपाईंको ?’ खसखस लागेपछि डा.शर्माले आफ्नो छुच्चो बानी देखाइहाले । उसले गर्वका साथ भन्यो, ‘भाडा खान्छु । पैंसठ्ठीवटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’

Nepal Telecom ad

डा. रवीन्द्र समीर :

‘तपाईंले के काम गर्नुहुन्छ ?’
सातआठ वटा औँलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा सुनको दाम्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो –‘म तास खेल्छु ।’

डा.शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे, ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’

हाँस्दै उसले भन्यो –‘मैले तास खेल्ने बाहेक अरु केही काम गर्दिनँ ।’

डा.शर्माले सोच्न थाले, यसले पढेलेखेको पनि छैन, जागिर पनि खाँदैन, व्यवसाय पनि गर्दैन । भनेपछि यसले कसरी रवाफिलो जीवन बिताएको छ त ?

‘आम्दानीको स्रोत के होला तपाईंको ?’ खसखस लागेपछि डा.शर्माले आफ्नो छुच्चो बानी देखाइहाले ।

उसले गर्वका साथ भन्यो, ‘भाडा खान्छु । पैंसठ्ठीवटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’

डा.शर्माले पानी निकाल्न अझै इनार खन्ने बिचार गरे –‘राम्रो कमाउनुभएको रहेछ । कसरी छिट्टै प्रगति गर्नुभयो ?’
उसले उल्टै डा.शर्मालाई प्रश्न गर्यो
–‘हजुरलाई सी माला थाहा छ ? प्राचीन ब्रिटिस रक्सीको बोतलको मुल्य थाहा छ ? गैंडाको खाग, कस्तूरीको नाभि, ठुलो हुचिलको मुल्य थाहा छ ? यार्शागुम्बा, पाँचऔंले, कुट्की बारे थाहा छ ? एकमुखे रुद्राक्षको मूल्य थाहा छ ? केराको युगल बुंगामा एकमुखे रुद्राक्ष कहिले हुन्छ, थाहा छ ? चम्किने गह्रौं पत्थर चिन्निहुन्छ ? प्राचीन छालाका सिक्काको मूल्य थाहा छ ? थाहा छ ?? थाहा छ ??’

डा.शर्माले भने – ‘थाहा छैन ।’
उसले भन्यो – ‘मलाई थाहा छ ।’

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x