साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरीकुरी सरकार कुरीकुरी

सत्ताको गीत गाएर तिम्रो चम्चा म बन्दिनँ तिम्रो मलद्वारलाई हरिद्वार म भन्दिनँ । मारेर जनता सोझा देखाउँछौ बहादुरी सरकार ! तिमीलाई मैले गर्छ कुरीकुरी ।

Nepal Telecom ad

गाेविन्द गाेपाल खतिवडा :

नयाँ नेपाल हो भन्छौ, परिवर्तन के दियो ?
बच्चाले जन्मिँदाखेरि ऋण बोकेर जन्मियो
अरू घोडा चढे भन्दै तिमीले चढ्दछौ धुरी
सरकार ! तिमीलाई मैले गर्छु कुरीकुरी।

छिमेकीले चन्द्रमामा चन्द्रयान पठाउँछ
आफ्नो हालत देखेर आँखामा आँसु आउँछ
मेरा नेताहरूलाई सुधार्ला कुन मन्त्रले
हात्ती आयो, भयो फुस्सा के नाप्यो गणतन्त्रले ?

भन्छौ सगरमाथाको विश्वमा कति सान छ !
म भन्छु देशका निम्ति तिम्रो के योगदान छ ?
मान्छे मारेर सत्ताले दीपावली मनाउँछ
यो राजनीति छिप्पेको बोको जस्तै गनाउँछ ।

टेकेर लासमा हाम्रो तिमी चढ्छौ विमानमा
कहिले अरबौँ खान्छौ ल्याएर अनुदानमा
मुखमा लाउने माड अहिले छैन देशमा
पधिमा औषधि दल्न तिमी पुग्छौ विदेशमा ।

गोदाइ जसले खान्थ्यो पैसा चोरेर बाउको
जसको फुस्कियो बुद्धि ग्रह लागेर राहुको
लाग्छ, आज त्यही मान्छे नेता बनेर चम्कियो
कुम्भकर्ण तिमीभन्दा बरु जाँगरिलो थियो ।

जनता सुखमा छैनन्, रुन्छन् छाती पिटीपिटी
बेरोजगारको अड्डा बन्दैछ युनिभर्सिटी
देश लागिसक्यो डुब्न कहिले बुद्धि आउँछ ?
बरु बाँदरले राम्रो सरकार चलाउँछ ।

जलस्रोत सबै खायौ, खायौ संस्कार-संस्कृति
युवाको सपना खायौ, खायौ सारा कलाकृति
तिमीले खान छोड्दैनौ, देश नै लुटियोस् तर
खान नै जन्मिएका हौ, खाऊ खाऊ निरन्तर ।

कुर्सीमा बस्न दिल्लीमा स्वाभिमान चढाउँछौ
आफ्नो सर्वस्व सुम्पेर मुर्रा लिएर आउँछौ
बिरालो दूधको भान्से, अनौठो परिवेश छ
माटोको अस्मिताभन्दा मुर्रा भैंसी विशेष छ ।

किसानले हलो बोकी खेत खन्दैन देशमा
आत्मनिर्भरता छैन सियो बन्दैन देशमा
विमानस्थलमा हेर्दा जानेको मात्र चाप छ
तिम्रो कारणले गर्दा मेरो देश धराप छ ।

सत्ताको गीत गाएर तिम्रो चम्चा म बन्दिनँ
तिम्रो मलद्वारलाई हरिद्वार म भन्दिनँ ।
मारेर जनता सोझा देखाउँछौ बहादुरी
सरकार ! तिमीलाई मैले गर्छ कुरीकुरी ।

०००
भरखरै प्रकाशित ‘वासना कि उपासना’, (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चम्चा

चम्चा

गाेविन्द गाेपाल खतिवडा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x