सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशको चिन्ता !

यही हो उत्तर आधुनिक देशको चिन्ता ! यही हो लीला ! ऊल्लू बनेर दुनियाँलाई ऊल्लू बनाउने होइन, यी नक्कली आध्यात्मिक गुरुहरूले जस्तो। "प्रोफेसर मौन। सबै जिल्ल। खीर खाएर टिल्ल !"

Nepal Telecom ad

धनराज गिरी :

सेवाबाट मेवा लिएर घरमा बसे पनि प्रोफेसर राघवेन्द्रप्राताप गजलोपाध्याय रत्नश्रीलाई चेलाचेलीहरूले छोडेनन्। कहिले स्कूलको समस्या, कहिले क्याम्पसको समस्या, कहिले साहित्य, कहिले राजनीति, कहिले त “एलिना” रङ्ग पनि, उता गजेन्द्र चौहान, यता एलिना चौहान, आफ्नो आफ्नो महाभारत।

गोविन्द, शिव, जीवनराज, कोपिला र शान्ति आए गुरुको खीरालय, फागुन एक गते, चेलो गौरव आफ्नी साली “लालिमा दाहाल” सहित आयो, खीर खाएर आफ्नो गौरवशाली दिन मनाउन।

“आहा, स्वागत छ कमरेडहरूलाई !” प्रोफेसरले भव्य र सभ्य स्वागत गर्यो। “सर, अब केको कमरेड, अब त रेड कम, ले रकम हो, हामी सबै “दास क्यापिटल” पढेर क्यापिटलको दास भइयो।” गोविन्द घिमिरे ।

“हो सर,अरूलाई खरानी बनाउन खोज्दा आफैं खरानी भएको कुरा कमरेडहरूले पत्तै पाएनन् !” शिव सुवेदी।

“देशको चिन्ता भयो सर, हजुरसित त केही न केही हल हुन्छ हरेको समस्याको, नभए एउटा गजल सुनेर भए पनि स्वर्णिम युग ल्याउने आज, वेदान्तको अन्त भयो, एउटा जोगीमारे “यूनिक” गजल सर ! जीवनराज दीपेन्द्रोपाध्याय गोर्खाली । “दाजी गुरु, केही उपाय, देश डुब्ने भयो, अतीत सम्झेर रुन मन लाग्यो, बरु गजल नै सुन्ने कोपिला मिसिएको, गीतिकामय, अम्लान फूलवाला !” शान्ति क्षितिजोपाध्याय शबनमश्री। खीर पाक्यो।
” देशको चिन्ता भयो प्रोफेसर दाजु, यता अर्का अराजक दाजु प्रोफेसर जगमोहन आजादको घर कता हो?” कोपिला घिमिरे,मुक्तकेश्वरी।
” यही हो! ” गौरव गुन्जनोपाध्याय। सबै मुखामुख गरे। खीर आयो।खीर खाए,पीर भाग्यो। खान पाएपछि देश बिर्सिए।

“अब देशको चिन्ता है !” प्रोफेसर शुरू भयो, “प्यारा प्यारा चेलाचेली हो, म त्यस्तो प्रचण्ड जान्ने मान्छे त होइन, तर यो देश भनेको के हो ? के हो देश ? देशको चिन्ता गर्ने भनेको के हो ? कता छ देश ? मेरो विचारमा देश भनेको इमान हो। योग्यता हो। विवेक हो।देश भनेको हरेक नागरिक हो। कर्मयोग हो। हरेक नागरिक अनुशासनमा रहे देश बन्यो। देश असल नागरिकको अनुहारको आभा हो। हामी हरेक देश, हरेक नागरिक सप्पन्न हुने। उपेन्द्र महतोको देश बन्यो। जीवा लामिछानेको देश बन्यो। विनोद चौधरीको देश बन्यो। छोराछोरी पढे, सक्षम भए, देश बन्यो। धनराज गिरीको देश बन्यो। रमाकान्त सापकोटाको देश बन्यो। प्रेम रिमालको देश बन्यो। हेमराज शर्मा एन्ड कम्पनीको देश बन्यो। अब जे जे बोले पनि हुन्छ,जे जे लेखे पनि हुन्छ।

वीरभद्र आचार्यलाई सोध्नू, देश भनेको के हो ? देश भनेको आफैं हो। आफू बन्ने ! स्वव्यवस्थापन, यही हो मेरो जीवनदर्शन ! इमानदार हुने ! आफू बन्ने ! काम, काम, काम ! चारपटक विदेश गइयो, सिकियो, देश बनेको होइन, हरेक व्यक्ति बनेको रहेछ।हरेक शेर अब्बल भए गजल अब्बल हुन्छ। धनीहरूको देश हुन्न, पूरै भूगोल देश, गरीबहरूको पनि देश हुन्न ! यही मध्यमवर्गीय चिन्तन हो, देश। देश बनाउने भए पहिले आफू बन्ने!यही हो सक्कली देशको चिन्ता ! स्वार्थ होइन यो, स्वपहिचान हो।

आर्थिकरूपमा हरेक नागरिक स्वाधीन हुने, सकियो। मैले जानेको यत्ति हो, विवेकी बन्ने, मज्जाले कमाउने, सुमार्गी बनेर ! हरेक नागरिक इमानदार भए कुनै नेतालाई पनि गाली गर्नुपर्दैन। यही हो उत्तर आधुनिक देशको चिन्ता ! यही हो लीला ! ऊल्लू बनेर दुनियाँलाई ऊल्लू बनाउने होइन, यी नक्कली आध्यात्मिक गुरुहरूले जस्तो। “प्रोफेसर मौन। सबै जिल्ल। खीर खाएर टिल्ल !”

दाजी, हजुरलाई देशले चिनेन !” शान्ति शर्मा।
“यो देशले बत्ती चिन्दैन र अन्धकार बेहोर्छ !” गोविन्द घिमिरे। बैठक सकियो।

०००
चितवन । हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरस्कार दाता !

पुरस्कार दाता !

धनराज गिरी
साहस !

साहस !

धनराज गिरी
महागुण्डा !

महागुण्डा !

धनराज गिरी
मैले मात्र हो र ?

मैले मात्र हो र...

धनराज गिरी
पक्का !

पक्का !

धनराज गिरी
यूटोपिया !

यूटोपिया !

धनराज गिरी
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x